coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेकपाले उम्मेदवारको टुङ्गो आइतबार मात्रै लगाउने

काठमाडौं– आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको लागि नेकपाका तर्फबाट उम्मेदवारको टुङ्गो भोली आइतबार मात्रै लाग्ने भएको छ।

शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले आज टुङ्गो लगाउन नसकेपछि भोलीलाई सारिएको हो। आजको बैठकमा समय अभावको कारण निर्णय लिन नसकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

‘क्षेत्रीय निर्वाचन समन्वय समिति, जिल्ला कमिटी र प्रदेश कमिटीबाट आएका सिफारिसहरु अध्ययन गरेका छौं, त्यमाथि प्रारम्भिक अध्ययन भैरहेका छन्’ प्रवक्ता श्रेष्ठले भने,‘अहिले समयको अभावको काराणले भोलीको बैठकबाट प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारको टुङ्गो लगाउने छौं।’

उनले प्रधानमन्त्रीको थप उपचार आउन बाँकी रिपोर्टको आधारमा गरिने पनि जानकारी दिए।  ‘प्रधानमन्त्री सिकिस्त भएको अवस्था हैन, तर पनि उहाँको स्वास्थ्यको केही रिपोर्ट आउन बाँकी छ’ उनले भने,‘अहिले उहाँ सामान्य आवस्थामा काम गरिरहनु भएको छ।’

प्रकाशित: १६ कार्तिक २०७६ ०८:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App