coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नगदसहित जुवाडे पक्राउ

चितवन- इलाका प्रहरी कार्यालय माडीले रु एक लाख ७९ हजार ६५० सहित पाँच जुवाडे पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार राति माडी नगरपालिका वडा नं ६ मा जुवा खेलिरहेको समयमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय माडीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए। उनीहरुलाई जुवा ऐनअन्तर्गत कारवाही गरिने उनले बताए। रासस

प्रकाशित: १६ कार्तिक २०७६ ०७:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App