coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ठगी गरेको आरोपमा चार पक्राउ

गुलरिया- नेटवर्किङ व्यापारको नाममा ठगी गरेको आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ।

ओरेञ्ज ग्लोबल मार्केटिङ प्राली नामक बहुर्राष्ट्रिय कम्पनीमार्फत नेटवर्किङको नाममा ठगी गर्ने मुख्य आरोपित मध्यगुलरिया नगरपालिका–४ बस्ने विवक थारु, सोही नपाको वडा नं ५ का हिमाल भन्ने प्रजय चौधरी, बारबर्दिया नपा–७ का दीपक चौधरी र राजापुर नपा–३ की आशा थारु रहेका छन्।

आफूहरु ठगिएको भन्दै स्थानीय पाँच जनाले संयुक्तरुपमा दर्खास्त दिएका आधारमा आरोपितलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले बताए। नेटवर्किङ व्यापारको अनुसन्धान गर्ने क्रममा कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङ जिल्लाका २०० सर्वसाधारणलाई नाकाबाट उद्धार गरिएको पनि प्रहरी उपरीक्षक बाँस्तोलाले बताए।

प्रहरीले पक्राउ गरेका चारै जनाविरुद्ध ठगी मुद्दामा जाहेरी दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ। प्रहरीका अनुसार बहुर्राष्ट्रिय कम्पनी ओरेञ्ज ग्लोबल मार्केटिङ प्राली नामक कम्पनी सिङ्गापुर, फिलिपिन्स, संयुत्त, अरब इमिरेट्स, थाइल्याण्ड, मलेसिया, श्रीलङ्का, भूटानमा सक्रिय रहेको छ। भारतको चेन्नइमा प्रधान कार्यालय तथा नयाँदिल्लीमा शाखा कार्यालय स्थापना गरी नेपाल–भारत सीमा नजिक लखिनीपुर भन्ने स्थानमा नेचरल वैल इन्टरप्राइज नामक उपशाखा कार्यालयले नेटवर्किङ व्यवसायको नाममा विभिन्न खाद्य वस्तुको उत्पादन गरी सर्वसाधारणलाई ठगी गर्दै आएको छ। रासस

प्रकाशित: १६ कार्तिक २०७६ ०६:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App