१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

'नाकाबन्दी किन लगाइयाे, सबै नेपाली जानकार छन्'

डोटी– पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमाले उपाध्यक्ष भीम रावलले अहिले संविधान संशोधन नभएर कार्यान्वयनको समय भएको बताएका छन्। प्रेस चौतारी नेपाल डोटी शाखाले शनिबार सिलगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘अहिले संबिधान संशोधनको बेला नै होईन,’ नेता रावलले भने,‘ ९० प्रतिशत भन्दा बढी जनप्रतिनिधिले बनाएको संविधान अहिल्यै किन संशोधन गर्नुप¥यो ? बरु कार्यान्वयनका लागि अगाडी बढ्नुपर्छ ।’ संविधान संशोधनको प्रस्ताब सरकारले मधेसको समस्या समाधान गर्नका लागि नभई भारतलाई खुसी पार्न ल्याएको उनले दाबी गरे । ‘यो प्रस्ताब नेपालीको होईन्, भारतको हो । यसका लागि भारतलाई धन्यबाद् पनि दिएका छौ । सरकारले भारतको ईशारामै यो प्रस्ताब ल्याएको हो,’ उनले भने ।

भारतले नेपाललाई आफ्नै ईशारामा चलाउन संविधान कार्यान्वय हुन नदिन विभिन्न गतिविधि संचालन गरिरहेको उनले दाबी गरे। ‘कथित मधेश आन्दोलनमा के भयो ? नाकाबन्दी किन लगाईयो ? यसका विषयमा पुरै नेपाली जानकार छन्,’ उनले भने, ‘संविधान कार्यान्वयन भए नेपाल आफ्नै निर्णयानुसार चल्न सक्छ भन्ने उसले बुझेको छ । यसैले अनेकन हर्कत देखाईरहेको छ ।’

जनचाहना विपरीत प्रदेश नम्बर–५लाई बिभाजन गर्ने गरी आएको प्रस्ताबका पक्षमा आफ्नो पार्टी जानै नसक्ने उनले बताए । उनले भने,‘त्यो प्रस्ताबका बिरुद्ध सम्बन्धीत जिल्लामा आगो बलिरहेको छ । यसैबाट पनि प्रस्ताब कस्तो हो भन्ने प्रमाणित भैसकेको छ ।’

जनचाहना बिरपरित आएको प्रस्ताब एमाालेले कुनैपनि अबस्था सफल हुन नदिने   उनले बताए । ‘जनताको चाहना र समयको मागभन्दा बाहिर गएर आउने प्रस्ताबको बिरुद्ध नेकपा एमाले छ । यो प्रस्ताब कुनै पनि अबस्थामा पास हुनै दिदैनौ,’ उनले थपे ।

प्रकाशित: १८ मंसिर २०७३ १३:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App