coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

रमेशका तीन कृति

साहित्यकार रमेश अधिकारीका तीन पुस्तक बजारमा आएका छन्। संखुवासभामा हुर्केर सरकारी जागिरसँगै साहित्य सिर्जनामा क्रियाशील अधिकारीले ‘पाटेबाघ’ अंग्रेजी र नेपाली भाषाको कविता संग्रह, ‘गीतको मूल्य’। अंग्रेजी र नेपाली भाषाको गीतिसंग्रह ‘मेरो देश’ प्रकाशनमा ल्याएका छन्।

विभिन्न जीवजन्तुको विषयमा लेखिएका ‘पाटेबाघ’मा २९ कविता संग्रहित छन्। यी कविताले नेपालमा पाइन्ने बाघ, लंगुर, सालक, भालु, चिरु,  हाब्रे, हात्ती, गैडा, बँदेल, कस्तुरी मृग,  खरायो, बाह्रसिंगे याक, अर्ना, सुनगोहोरो, कृष्णसार लगायत जीवजन्तुको बखान गर्छन्।

‘गीतको मूल्य’मा २६ गीत रहेका छन्। मायाप्रेमका अनेक पक्षमा लेखिएका ती गीतले हाम्रो सामाजिक जीवनलाई उजागर गरेको छ।  ‘मेरो देश’ राष्ट्रिय गीतहरुको सँगालोमा ३७ गीत छन्। कार्टुनचित्र सहित प्रकाशित सँगालोमा गीतकार अधिकारीले जनचेतना जगाउने र राष्ट्रप्रति जिम्मेवार हुनुपर्ने सन्देश प्रवाह गरेका छन्। त्यस्तै झाँगड, सोरठी र धाननाचको विषयमा पनि चर्चा रहेको छ।

प्रकाशित: १६ कार्तिक २०७६ ०५:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App