८ वैशाख २०८१ शनिबार
समाज

सालकको २० किलाे हड्डीसहित आर्मीका अमल्दार पक्राउ

कोहलपुर– विश्वमै दुर्लभ जनावर सालकको खोपेडा, हड्डीसहित नेपाली सेनामा बहालवाला अमल्दार कोहलपुरबाट पक्राउ परेका छन्। नेपाली सेना प्युठानमा कार्यरत रई १९ नम्बर गुल्म दाङमा तालिमरत कोहलपुर कोहलपुर–२ विकासनगरका ३३ वर्षीय गणेश बुढामगर २० किलो चार सय ग्राम सालकको खोपेडा, हड्डीसहित पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय कोहलपुर र नेपाली प्रहरी क्षेत्रीय कार्यालयका अनुसन्धान टोलीले शनिबार बिहान ११ बजे घरबाटै मगरलाई पक्राउ गरेको हो । उनी सेनाका अमल्दार हुन् । घर विदामा आएका मगरले दार्चुला गोकुलेश्वर–७ का  धनीनाथलाई सामान बिक्री गर्दै गर्दा प्रहरीले पक्राउ गरेको हो।

प्रतिकिलो तीस हजार रुपैँयामा खोपेटो र हड्डी बिक्री गर्दै गर्दा घरबाटै नियन्त्रणमा लिई कोहलपुर प्रहरीका प्रहरी निरीक्षक नवराज पोखरेलले बताए। दुबैलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि बाँके राष्ट्रिय निकुञ्जमा पठाएको उनले भने । छ लाख १२ हजार रुपैँयामा खरिद बिक्री भइरहेको बेला उनीहरुलाई नियन्त्रणमा लिएको उनले बताए।  

शनिबार घर विदा मनाउन मगर शुक्रबार तालिम विदामा दाङबाट घर आएका थिए । उनले प्युठानमा कार्यरत छँदा सालक मारेर हड्डी र खोपेडा घरमा राखेको हुनसक्ने प्रहरीको अनुमान छ । उक्त हड्डी खोपेटा एउँटा सालकको रहेको बुझिएको छ ।

 

प्रकाशित: १८ मंसिर २०७३ १२:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App