पर्व

छठ छन्द

शनिबार, १६ कार्तिक २०७६, १० : १५ नागरिक

हेमराज भट्टराई ‘शास्त्री’

शुक्लयजुर्वेदले सूर्यको उपासना गर्दै भनेको छ– ‘तरणिव्र्विश्श्वदर्शतोज्ज्योतिष्कृदसिसूज्र्य। व्विश्श्वमाभासिरोचनम्।’ अर्थात् हे सूर्यदेव ! हजुर संसाररूपी महासागरमा नौकासमान हुनुहुन्छ। सबैको दर्शनयोग्य तथा सबैलाई तेज प्रदान गर्नुहुन्छ। संसारका सबै वस्तुलाई हजुर नै प्रकाशित गर्नुहुन्छ। अर्थात् अग्नि, विद्युत्, नक्षत्र, चन्द्रमा, ग्रह, तारा आदिमा भएको ज्योति हजुरबाटै प्राप्त भएको हो।

उनै सूर्यदेवको मुख्य रूपमा पूजा–आराधना गरिने पर्व हो, छठ। यो पर्व नेपाल–भारत लगायत विभिन्न देशमा रहेका हिन्दु र जैन सम्प्रदायमा प्रचलित छ। नेपालमा विशेषगरी तराईवासी र थारु समुदायमा यो व्रतको महत्व बढी रहेको पाइन्छ। चान्द्रमासका आधारमा कात्तिक शुक्ल चौथीदेखि सप्तमी तिथिसम्म मनाइने छठ पर्वमा सूर्यसँगै उनकी बहिनी षष्ठी÷षष्ठिका देवीको पूजा–अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिने भएकाले तराईवासी ‘छठी माता’ भनेर पनि पूजा गर्छन्। सूर्यलाई प्रत्यक्ष देवताको रूप मानिन्छ।

छठ पर्व हिन्दुपात्रो अन्तर्गत चान्द्रमासलाई आधार मानी दसैं र तिहार सकिनेबित्तिकै कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म चार दिन मनाइन्छ। पहिलो दिन नहाए खाए, दोस्रो दिन खर्ना, तेस्रो दिन सन्ध्या अर्ध्य र चौथो दिन उषा अर्ध्य तथा समापन गरी मनाउने चलन छ।

देवीले राजालाई भनिन्, ‘म षष्ठी या षष्ठिका देवी हुँ। जसले मेरो भक्तिभावले पूजा–आराधना गरी व्रत बस्छ, उसलाई म पुत्रवान् तथा सौभाग्यवती बन्ने आशीर्वाद दिन्छु। साथै मेरो भक्तिले सम्पूर्ण मनोरथ पूरा हुनेछ। तिमीले पनि मेरो पूजा ग-यौ भने म तिमीलाई पुत्ररत्न प्रदान गर्नेछु।’

‘नहाए खाए’
कात्तिक शुक्ल चौथीका दिन छठ पर्व आरम्भ हुन्छ। यस दिनलाई नहान खान (नहाए खाए) भनिन्छ। बिहान उषाकालमै उठेर व्रतालुले हातखुट्टाको नङ काट्ने, चोखो पानीले नुहाइधुवाई गर्ने र सफा कपडा लगाएर पूजा गरी सात्विक भोजन गर्ने चलन छ। वीरगन्ज, नगवा चौधरी टोलका अगुवा ठाकुर चौधरीका अनुसार यस दिन व्रतालुले लसुन–प्याज विनाको शुद्ध साकाहारी भोजन गर्छन्। यस दिन व्रतालुले आत्मैदेखि सूर्य भगवान्लाई साक्षी राखी प्रण गर्छन् कि ‘म अबदेखि जथाभावी राजसी, तामसी भोजन ग्रहण नगरी तनमन लगाएर हजुरको शरणमा बस्नेछु।’

‘खर्ना’
छठको दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीलाई ‘खर्ना’ भनिन्छ। यस दिन व्रतालुले बिहान सबेरै उठी नुहाएर चोखो भई दिनभर निराहार व्रत बस्छन्। साँझपख ‘साठी’ धानको चामल, सक्खर र दूध मिलाएर खीर तथा लौकाको तरकारी पकाउँछन्। षष्ठी मातालाई केराको पातमा चढाएर सो खानेकुरा प्रसादस्वरूप ग्रहण गर्ने परम्परा रहेको अगुवा ठाकुर चौधरी बताउँछन्। उनका अनुसार यस दिन एक छाक मात्र भोजन गर्नुपर्छ भन्ने मान्यता छ। यसको कारण तेस्रो दिन षष्ठी तिथिमा पानी समेत नपिई निराहार व्रत बस्नका लागि यो पूर्वाभ्यास भने पनि हुन्छ।

‘सन्ध्या अर्ध्य’
खासगरी कात्तिक शुक्ल षष्ठीको दिनलाई सन्ध्या/प्रत्यूषा अर्ध्य वा छठ भनिन्छ। यस दिन व्रतालुले बिहान सबेरै उठी स्नान गर्ने र पानीसमेत नपिई निराहार व्रत बस्छन्। र, सोही दिन साँझपख नजिकैको खोला तथा नदीकिनार, इनार, पोखरी, तलाउ, कुवाजस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यको विधिपूर्वक पूजा गरी दूधको अर्ध्य दिन्छन्। जसलाई सन्ध्या/प्रत्यूषा अर्ध्य भनिन्छ। केही व्रतालु घरबाट साँझ र बिहान घस्रिँदै जलाशयसम्म जाने र स्नान गरी व्रत पूरा गर्ने गर्छन्। कतिपयले मनोकामना पूरा भएमा नाचगान गर्ने र पोखरीमा माटाको हात्ती राख्ने तथा दियो बाल्नेजस्ता कर्म पनि गर्छन्। विभिन्न प्रकारका पक्वान्न तथा फलफूल पूजास्थलमा लगी पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाइन्छ। विशेष रूपमा कुनै पनि भाकल गरी पूरा भएका कतिपय व्रतालुले रातभर पानीमा घाँटीभन्दा मुनिको शरीर डुबाएर जाग्राम बस्छन्, भोलिपल्ट सूर्योदय नहुन्जेल पूजा गर्छन् र बिहान उदाउँदो सूर्यलाई अर्ध्य दिन्छन्। अरू व्रतालुचाहिँ प्रसाद चढाएर पानीबाट निस्कन्छन्। पूजास्थल सजाएर रातभर भजनकीर्तन र नाचगान हुने गर्छ। बेहुलीझै सिँगारिएका ती स्थानमा दीपावली गरेर झिलिमिली बनाइएको हुन्छ।

‘उषा अर्ध्य’
कात्तिक शुक्ल षष्ठीको रातभर सूर्यको आराधना गरेका व्रतालुले सप्तमीको दिन बिहान उदाउँदो सूर्यको पूजाआजा गर्ने चलन छ। त्यसपछि अञ्जुलीले सूर्यलाई जल चढाउने र पानी, दूध, कुशका टुक्रा, दही, सस्र्यूं, अक्षता, तिलजौ, सुपाडी आदि राखेर चन्दन, अक्षता र फूलले पूजा गरिएको अर्ध्यपात्रद्वारा अर्ध्य अर्पण गर्नुपर्ने शास्त्रीय विधान छ। छठ पर्वमा दिइने यो अर्ध्यलाई चाहिँ उषा अर्ध्य भनिन्छ।

सूर्यलाई अर्ध्य दिँदा भनिने मन्त्र हो– ‘एही सूर्य सहस्रांशो तेजराशि जगत्पते अनुकम्पय मां भक्त्या गृहाणाघ्र्यं दिवाकरः।’

अर्ध्य दिएपछि व्रतालुले सूर्यलाई ठेकुवा, कसार, भुसुवा, फलफूल, मिठाई, उखु, केराउ, चना, कागती, अदुवा, पान–मसला लगायत प्रसाद अर्पण गर्छन्। यीमध्ये घिउमा बनाइएको गहुँको पिठोको ठेकुवा र चामलको पिठोको कसार विशेष प्रसाद मानिन्छ। त्यसपछि सो प्रसाद ग्रहण गरी व्रत पूरा गर्ने परम्परा छ।

व्रतालुका घरमा सूर्यलाई चढाउन छिमेकी, नरनाता, साथीभाइ तथा आफन्तले केराको घरी, भोगटे, नरिवल लगायत विभिन्न प्रकारका ऋतु अनुसारका फलफूल दिने चलन छ। यी फलफूल छठको अन्तिम दिन बिहानै अर्ध्यस्वरूप उदाउँदो सूर्यलाई देखाएपछि प्रसादस्वरूप घर–घरमा बाँडेर खाइन्छ। छठमा मनोकामना पूर्ण होस् भनेर व्रतालुले भाकल गरी व्रत बसेका हुन्छन् र त्यहीअनुरूप सूर्यलाई प्रसाद चढाउने चलन छ। छठ विशुद्ध धार्मिक आस्थाको पवित्र पर्व हो। यस पर्वमा ‘अहिंसा परमो धर्मः’ भन्ने मान्यतालाई प्राथमिकता दिई भाकल गर्दा हिंसाजन्य भाकल गरेको कतै पनि पाइँदैन।

वैदिक सनातन धर्म–संस्कृति अन्तर्गतका सम्पूर्ण चाडपर्व सांस्कृतिक तथा वैज्ञानिक दृष्टिकोणले महत्वपूर्ण छन्। तीमध्ये छठ पर्व सूर्यलाई खुसी पार्ने महत्वपूर्ण पर्व हो। किनभने, मानिस लगायत सम्पूर्ण प्राणीले जन्मेदेखि मृत्युसम्म प्राप्त गर्ने शक्ति वा ऊर्जा सूर्यबाटै पाइरहेका हुन्छन्।

पवित्र मनले छठको व्रत गरे पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने साथै व्रतको प्रभावले चर्मरोग छिटो निको हुने विश्वास गरिन्छ। सो पूजा जलाशयमा गरिने भएकाले अस्ताउँदो र उदाउँदो सूर्यको प्रत्यक्ष वा जलमा सूर्यको प्रतिविम्बको दर्शन गरी अर्ध्य अर्पण गरिन्छ। छठका दिन साँझ जनकपुरको गंगासागर, धनुसागर, वीरगन्जको विन्ध्यवासिनी, काठमाडौंको रानीपोखरी, गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी, वागमती, विष्णुमती लगायत देशभरका विभिन्न नदी तथा पोखरीका किनार सजाइएको हुन्छ।

सूर्य षष्ठीको शास्त्रीय प्रमाण
सूर्योपासना ऋग्वैदिक कालदेखि नै भएको पाइन्छ। पौराणिक कालमा आएर सूर्यको चर्चा विष्णु पुराण, अग्नि पुराण, भागवत पुराण, ब्रह्मा वैवर्त पुराण, सूर्य पुराण, रामायण आदिमा विस्तारपूर्वक गरिएको छ। सूूर्य पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम ऋषि अत्रिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन्। जसको फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेकी थिइन्। त्यही बेलादेखि ‘छठ पर्व’ मनाउन सुरु भएको मानिन्छ। अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसंग उल्लेख छ। त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको पाइन्छ।

अर्को पौराणिक मान्यताअनुसार देवमाता अदितिले छठ पूजा गरेकी थिइन्। प्रथम देवासुर संग्राममा जब असुरसँग देवताहरूको हार भयो, तब देवमाता अदितिले तेजस्वी पुत्र प्राप्तिको कामना गर्दै देवारण्यस्थित सूर्य मन्दिरमा सूर्य र उनकी बहिनी षष्ठिका देवीको आराधना गरिन्। उनको पूजा–आराधनाबाट खुसी भई षष्ठिका देवीले सर्वगुण सम्पन्न तेजस्वी पुत्र हुने वरदान दिइन्। त्यसपछि अदितिका गर्भबाट त्रिदेव रूप आदित्य भगवान्को जन्म भयो र उनैले असुरहरूमाथि देवतालाई विजय दिलाए। त्यसपछि यो मन्दिर ‘देवसेना षष्ठी देवी’का नामले प्रसिद्ध भयो र छठ पर्वको पनि चलन सुरु भयो भन्ने धार्मिक मान्यता छ।

महाभारतका अनुसार, जब पाण्डवले आफ्नो सारा सम्पत्ति जुवामा हारे, त्यसबेला पाँच पाण्डवसँगै अग्निपुत्री द्रौपदीले छठ व्रत गरेकी थिइन् र अन्त्यमा आफ्नो सर्वस्व फिर्ता पाएकी थिइन्। साथै वनबासको अन्तिममा विराट (हाल नेपालको पूर्वी तराईमा पर्ने विराटनगर ?) राजाको दरबारमा गुप्तबासमा रहँदा पनि पाण्डवहरूले सो गुप्तबास सफल होस् भनी सूर्यदेवको पूजाआराधना गरी व्रत बसेको उल्लेख छ। महाभारतमै सूर्यपुत्र कर्णले प्राप्त गरेको अथाह ऐश्वर्य तथा शक्ति सबै छठ व्रतको प्रभावले पाएको उल्लेख छ। त्यस्तै साम्ब पुराणमा श्रीकृष्ण र जाम्मवतीका छोरा साम्बले पनि सूर्यको आराधना गरेको उल्लेख छ। कथाअनुसार महर्षि दुर्वासा र आफ्नै पिता श्रीकृष्णको श्रापद्वारा साम्ब कुष्ठरोगबाट पीडित भएका थिए र यही कात्तिक शुक्ल षष्ठीका दिन सूर्यको आराधना गरी उनी रोगमुक्त भएका थिए।

रामायणका अनुसार श्रीराम, लक्ष्मण र सीता १४ वर्षको वनबास पूरा गरेर अयोध्या फर्किए। त्यसपछि श्रीरामले रावणको वध गरेको पापको दोष मेटाउन मुग्दल ऋषिद्वारा राजसूर्य यज्ञ गराएका थिए। यतिले मात्र नहुने भएकाले मुग्दल ऋषिले माता सीतालाई भगवान् सूर्यको पूजा गर्न सल्लाह दिए। सो पूजा कात्तिक शुक्ल षष्ठी तिथिमै भएको र यो पर्वको परम्परा सुरु भएको मान्यता छ।

तसर्थ, यी पौराणिक मान्यतालाई आधार मान्दा सन्तान प्राप्ति, सन्तान सुख र रक्षा तथा सम्पूर्ण मनोकामना पूर्ण गर्न विभिन्न पौराणिक कालखण्डमा छठ पर्व मनाइएको पाइन्छ। षष्ठिका वा षष्ठी देवीका रूपमा परिचित उनलाई ‘कात्यायनी माता’का नामले पनि चिनिन्छ। नवरात्रको छैटौँ दिन उनको विशेष पूजा गर्ने धार्मिक परम्परा छ। यसका साथै आयु र आरोग्य वृद्धिका लागि हरेक वर्ष जन्मोत्सव गर्दा थालीमा वरिपरि अष्टचिरञ्जीवीको पूजा गरी माझमा ‘ॐ षष्ठिकायै नमः या ॐ षष्ठिका देव्यै नमः’ भनेर तिनै षष्ठी देवीको पूजा गरिन्छ।

यसका साथै सूर्यका शक्तिको मुख्य स्रोत उनका पत्नी उषा र प्रत्यूषालाई मानिन्छ । छठमा सूर्यका साथै उनको शक्तिको अथवा उनकी पत्नी उषा र प्रत्यूषाको पनि आराधना गरिन्छ। प्रातःकालीन सूर्यको पहिलो किरणलाई उषा र साँझको अन्तिम किरणलाई प्रत्यूषाको रूप सम्झेर अर्ध्य दिई नमन गरिन्छ। सूर्यको प्रकाशले पृथ्वीको समयचक्र चल्छ, चराचर जगत्का सम्पूर्ण प्राणीलाई चाहिने वर्षाको पानी सूर्यको कृपाले नै मिल्छ। हिन्दू धार्मिक मान्यताअनुसार सूर्य प्रत्यक्ष देवता भएकाले यस पर्वमा कुनै मूर्ति पूजाको चलन भने छैन। अस्ताउँदो र उदाउँदो सूर्यको स्वरूपको नै पूजा गर्ने परम्परा रहिआएको छ।

छठ पर्वको कथा
पौराणिक कथाअनुसार एकजना प्रियव्रत नामका राजा थिए। उनकी पत्नीको नाम मालिनी थियो। सन्तान नएकाले उनीहरू साह्रै दुःखी थिए। सन्तान प्राप्तिको कामनाले उनीहरूले महर्षि कश्यपद्वारा पुत्रेष्टि यज्ञ गराए। सो यज्ञका प्रभावले रानी मालिनी गर्भवती भइन्। नौ महिनापछि बच्चा त जन्मियो, तर मरेको। उनीहरू दुःखी भए। सन्तान शोकले ती राजाले आत्महत्या गर्न मात्र के लागेका थिए, त्यही बेला नजिकै एउटी देवी प्रकट भइन्।

देवीले राजालाई भनिन्, ‘म षष्ठी या षष्ठिका देवी हुँ। जसले मेरो भक्तिभावले पूजाआराधना गरी व्रत बस्छ, उसलाई म पुत्रवान् तथा सौभाग्यवती बन्ने आशीर्वाद दिन्छु। साथै मेरो भक्तिले सम्पूर्ण मनोरथ पूरा हुनेछ। तिमीले पनि मेरो पूजा ग-यौ भने म तिमीलाई पुत्ररत्न प्रदान गर्नेछु।’ राजारानीले देवीले भनेबमोजिम गरे।

उनीहरूले देवीको आज्ञाअनुसार कात्तिक शुक्लपक्षको षष्ठी तिथिमा देवी षष्ठिकाको विधिपूर्वक पूजा गरी व्रत बसे, जसको फलले उनीहरूलाई सन्तान प्राप्त भयो। यही कथाका आधारमा छठ पर्व मनाउने परम्परा सुरु भएको जनविश्वास रहेको छ।







यसमा तपाईको मत

अन्य समाचार

जाडोका लागि सिजीको घरायसी सामग्री

जाडोका लागि सिजीको घरायसी सामग्री

इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले नजिकिँदो जाडोलाई लक्षित गरी विभिन्न किसिमका घरायसी सामग्री बजारमा ल्याएको छ । ...

मन जित्दै सिटिजन शुभारम्भ जीवनबिमा योजना

मन जित्दै सिटिजन शुभारम्भ जीवनबिमा योजना

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सञ्चालनमा ल्याएको सिटिजन शुभारम्भ जीवन बिमा योजनाले प्रचलनमा आएको केही दिनमै मन जित्न सफल भएको कम्पनीले...

सोल्टीमा पंजाबी फूड फेस्ट (भिडियो)

सोल्टीमा पंजाबी फूड फेस्ट (भिडियो)

फूड फेस्टिवलमा परम्परागत पंजाबी खाना सस्तो मूल्यमा शाकाहारी र मांसाहारी दुवै उपलब्ध छन् जुन सबै पंजाबको राजमार्ग ढाबाबाट प्रेरित छन्।

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले तनहुँको दमौलीमा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ)...

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयुभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’...

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

टिकटकको डाउनलोड संख्या १ अर्ब ५० करोड पुगेको छ! ...

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad