४ वैशाख २०८१ मंगलबार
समाज

डोटी बस दुर्घटना अपडेट : एकको मृत्यू

डोटी - आज बिहान डोटीमा भएको बस दुर्घटनामा एक जनाको मृत्यू भएको छ। मृत्यू हुनेमा बाह्रबिस–६ बाजुराका ५१ वर्षीय नयाँ सेराला रहेको दिपायलस्थित शैलेश्वरी अस्पतालले जनाएको छ।

उनको उपचारका क्रममा अस्पतालमै मृत्यू भएको हो। महेन्द्रनगरबाट बाजुरा जाँदै गरेको ना ७ ख ६१८१ बस केआईसिँह राजमार्ग अन्तर्गत डोटीको शिखर नगरपालिका–१ गेरीपानी भन्ने ठाउँमा बिहान  पाँचबजेतिर दुर्घटनामा परेको हो।

बस सडकबाट सेती नदीको बगरमा खसेको छ। दुर्घटनामा परी अन्य ३४ जना घाईते भएको छन्। जसमध्ये ३ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।घाईतेहरुको दिपायलस्थित सुजंग, चोपडा र शैलेश्वरी अस्पताल प्रारम्भिक उपचार भईरहेको छ।

प्रकाशित: १६ कार्तिक २०७६ ०३:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App