coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

मेरो घडी

सूर्यप्रसाद लाकोजू

भित्तामा बसेका छौ अडी
बेला बताउने मेरो घडी
टिकटिक गर्दै तिमी चल्छौ
समय भयो अब उठ भन्छौ।

सेकेन्ड, मिनेट र घन्टा सुई
राम्ररी हेरेको तिमीले खै ?
समयमै चल्छन् तिनीहरू सब
तिमीले पनि यो बुझ्नु छ अब।

गएको समय फेरि आउँदैन
गएपछि एकपल्ट पाउँदैन
कसैलाई नि पर्खंदैन यसले
समात्न सक्छ यसलाई कस्ले ?

होइन यो भोलिको भक्त
कुनैमा हुँदैन यो आसक्त
खुरुखुरु नदी जस्तै बग्छ
ठूलासानासँग कहाँ डग्छ ?

समयको महिमा यस्तो छ
निस्किएको बोली जस्तो छ
यसलाई नचिने सधैँ पछाडि
समय चिन्ने हुन्छ अगाडि।

आजको समय खेर गए
पढ्नुभन्दा खेल्नु धेरै भए
सुनौलो सपना नासिन्छ
भविष्य हाम्रो मासिन्छ।

प्रकाशित: १६ कार्तिक २०७६ ०३:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App