कथा

तीतो लड्डु

शनिबार, १६ कार्तिक २०७६, ०८ : ३० नागरिक

शुषमा चित्रकार मानन्धर

“ए विनोद, के गर्दैछौ हँ तिमी ?” ममीले विनोदलाई माथि भान्छाबाट बोलाइन्। “ममी गृहकार्य गर्दैछु।” विनोदले हत्तपत्त टिभी बन्द ग-यो र ब्यागबाट कलमकापी निकालेर लेखेझैँ गर्न थाल्यो। ममी तल ओर्लन्छिन् कि भनी उसले एकछिन बाटो हे-यो, भ-याङतिर घाँटी तन्कायो। कोठाबाट निस्केर माथितिर कान लगायो। अलिबेर कुर्दा पनि उसकी ममी आइहाल्छिन् जस्तो लागेन उसलाई।

“ह्या, त्यत्तिकै बोलाउनु भएको रहेछ।” आफैसँग कुरा गर्दै विनोदले कापी एकातिर पन्छायो अनि ढोका ढप्काएर फेरि टिभी हेर्न थाल्यो। टिभीमा विभिन्न कार्टुन आइरहेका थिए। उसलाई कुनै पनि कार्टुन छाड्न मन लागेको थिएन। एकभन्दा एक उसलाई मनपर्ने कार्टुनहरू थिए। भ-याङतिर कसैको पाइलाको आवाज आएमा ऊ टिभीको आवाज सानो पारी किताब अगाडि राखेर ढोकातिर आँखा लगाइरहन्थ्यो। कोठाभित्र कोही पसेनन् भने फेरि उसको टिभी हेर्ने काम सुरु भैहाल्थ्यो।

अब यसपछि हेर्दिनँ, अर्को हेर्दिनँ भन्दाभन्दै झमक्कै साँझ प-यो। गृहकार्य थाल्नुपर्छ भनेर हैन कि, ममीले गाली गर्नुहुन्छ भन्ने डरले उसले मन नलगाईनगाई टिभी बन्द ग-यो। कापी अगाडि राखेर गृहकार्य गर्न बस्यो। गृहकार्य आधा पनि सकिएको थिएन, झयाप्पै बत्ती निभ्यो। लौ फसाद। ऊ लेख्न छोडेर अँध्यारोमा कुचुक्क परेर बसिरह्यो। उसकी ममी तल ओर्लिन् र सोधिन्, “ विनोद गृहकार्य सकियो ?”
“अहँ, बत्ती नै छैन।”
“बत्ती त भर्खर पो निभ्योे। अघिदेखि के गर्दै थियौ तिमी ?” ममीको प्रश्नमा विनोद चुँइक्क पनि बोलेन। ऊबाट जवाफ नआएपछि ममीले मैनबत्ती बालिन्। त्यो मधुरो प्रकाशमा ऊ हाईहाई गर्दै गृहकार्य गर्न थाल्यो। एक त अँध्यारो, उसमाथि निद्राको सुरमा उसका अक्षरहरू सबै एउटै डिकोमा नपरी कुनै यता फर्केका थिए, कुनै उता फर्केका। मानौँ, नाचेका जस्ता उसका अक्षरहरू देखी उसकी ममी रिसाई, “अक्षर हेर न हेर कस्तो, हरे ! तिमीलाई अघि उज्यालो छँदै गृहकार्य गर भनेकी हैन मैले ? पक्कै कार्टुन हेरिरहेका होलाऊ। मलाई त टेर्दै नटेर्ने भयौ बा।” ममीको कुरा पन्छाउन विनोद भोक लाग्यो भनी रुन पनि थाल्यो। उसकी ममीले गाली गर्दै बल्लबल्ल गृहकार्य सिध्याउन लगाई। त्यसपछि विनोद खाँदै नखाई बैठक कोठामै निदायोे।

यो एक दिनको मात्र घटना थिएन। प्रायः धेरैजसो दिन त्यस्तै हुन्थ्यो। विनोद स्कुल जान्थ्यो। फर्केर लुगै नफेरी टिभीको रिमोट समाउँथ्यो अनि उसलाई मनपर्ने कार्टुन हेरेर बस्थ्यो। टिभी हेर्दाहेर्दै खाजा खान्थ्यो र गृहकार्य  गथ्र्यो। टिभीमा आँखा राखेर पनि गृहकार्य सकिन्थ्यो र ? तर उसको बानी नै त्यस्तो भैसकेकोथ्यो।

ऊ एउटा अक्षर लेख्थ्यो अनि टिभीतिर हेथ्र्यो। फेरि थोरै लेख्थ्यो अनि फेरि टिभीतिर हेथ्र्यो। धेरै टिभी हेर्ने उसको बानी देखेर घरमा कत्तिले भने, सम्झाए र गाली पनि गरे तर उसको बानीमा कुनै परिवर्तन आएन। ऊ समय छउन्जेल टिभीमा झुन्डिरहन्थ्यो। जब रात पथ्र्यो, उसलाई गृहकार्य सक्न निकै गाह्रो पथ्र्यो। उसको त्यो बानी हटाउन टिभीको दराजमा चाबी पनि लगाइयो। ऊ गृहकार्य नै नगरी चुपचाप बसिदिन्थ्यो। खाजासाजा पनि नखाई ठुस्स परिरहने विनोदलाई आफूले भने जस्तो नपाएसम्म फकाउन गाह्रै पथ्र्यो।

उसको पारा देखेर ममी दुःखी हुन्थी। “भनेर मान्ने भए पो सम्झाउनुबुझाउनु। खोई यसले त के पढ्ला र ?” ममी दिक्क हुँदै सोच्ने गर्थी।

उसले अति दुःख दियो। राम्ररी पढेन भनेर घरमा उसलाई पढाउन ट्युसन पनि राखियो। मिसले ट्युसन पढाउँदा समेत पनि उसका आँखा टिभीको कार्टुनतिरै हुन्थे। उसलाई त्यस्तो बानी नगर्नूभन्दा, आफूले हैन सानी बहिनीले टिभी हेर्दे गरेकी भनेर आफूभन्दा दुई वर्ष कान्छी बहिनीतिर देखाउँथ्यो। कुनै बेला पेट दुखेको बहानामा र कहिले टाउको दुख्यो भनेर ऊ ट्युसनको समयभन्दा अघि नै मिसलाई धपाउँथ्यो। आखिर मिस दिक्क भएर ट्युसन पढाउन आउनै छाडी। त्यसपछि विनोदले पनि भन्ने मौका पाइहाल्यो, “मैले त पढ्छु भनेकै हुँ नि। मिसले नै पढाउन सक्नु भएन।”

यसोउसो गदौगर्दै पहिलो चौमासिक जाँच पनि आयो। अब भने विनोदको मन आत्तियो। उसले कुनै पनि पाठहरू राम्ररी बुझेकै थिएन। न गृहकार्यका कापी भरिएका थिए न स्कुलका कक्षाकार्य कापीमा नै गतिलो लेखिएको थियो। महिनौँका पाठहरू तीनचार दिन घोक्दैमा कहाँ आउँथ्यो र ? अङ्ग्रेजी पढ्यो नेपाली बिर्सन्थ्यो, नेपाली पढ्यो हिसाब पढ्न बाँकीझैँ लाग्थ्यो। सबै विषय गह्रुँगा भारीझैँ लागे उसलाई। उसको दिमागले काम गरेन। किताबका पाना पल्टायो, ‘ए यो त सजिलै छ, सबै आउँछ’ जस्तै लाग्थ्यो। जब किताब बन्द ग-यो, दिमाग शुन्य हुन्थ्यो। विनोदलाई डरले हनहनी ज्वरो आउलाझैँ भयो। अगाडि अरू विकल्प पनि थिएन। उसले एकछिन घोरिएर केही सोच्यो। किताब बन्द ग-यो र मस्तले निदायो।

जाँच आयो र सकियो पनि। भोलिपल्ट क्लासमा रिजल्ट दिइन्छ भनेर उसलाई थाहा थियो तर उसले घरमा कसैलाई भनेन। रिजल्ट बाँड्ने दिन ऊ पेट दुखेको निहुँमा पल्टिरह्यो। टिभी पनि हेरेन। रिजल्ट दिने कुरा घरमा कसैलाई थाहा थिएन। त्यसैले कसैले सोधेनन् पनि। ऊ पल्टिरहेको देखेर भन्दा पनि उसले टिभी नहेरेकोले घरमा सबै जना छक्क परे। उसलाई साँच्चिकै सन्चो नभएको होला भनी कसैले पनि उसलाई बिथोलेनन्।

भोलिपल्ट बिहान विनोद माथिल्लो तल्लामा गयो। भान्छासँगै पूजाकोठाको प्लेटमा राखिएको एउटा लड्डु भगवान्लाई चढाई ऊ स्कूल गयो। साथीहरूले उसलाई किन अघिल्लो दिन रिजल्ट लिन नआएको भनी सोधे। सरले पनि भन्नुभयो, “ममीड्याडी वा कोही ठूलो मान्छेलाई साथमा ल्याउनु पथ्र्यो तिमीले।”

उसले ममीलाई सन्चो भएन भनेर ढाँट्यो। सरले विनोदलाई रिजल्ट भएको फाइल दिँदै भन्नुभयो, “अबचाहिँ राम्रो गर्नुपर्छ है।” उसले बिस्तारै फाइल खोल्यो। उसका आँखै तिर्मिराए। उसले पत्याउनै सकेन। चार विषयमा बुनियाँका लड्डु जत्रा राता गोलो लागेका थिए। उसको मुखै सुक्यो। सँगैको साथीले फाइलतिर यसो चियाउन खोजेको थियो, उसले फाइल बन्द गरेर ब्यागभित्र कोच्यो। घरमा ममीले रिजल्ट सोधीखोजी गर्नुभयो भने के उत्तर दिने होला भनेर उसले बहानाहरू सोच्न थाल्यो। कापीमा पाइएको लड्डु लिएर गएपछि घरमा, भगवान्लाई चढाएको लड्डु खान के सकिएला र ? सोच्दासोच्दै ऊ लड्डु जस्तै रातो देखियो। 

घर गएर उसले टिभी हेरेन। लुगा फेरेर बिहान पूजाकोठामा भगवान्लाई चढाएको लड्डुुु लिएर तल ओल्र्यो। उसकी ममी खाजा बोकेर आइन्। ऊ तर्सियो। “के हो अनुहार पनि रातो छ। के भयो तिमीलाई ?” ममीले उसको तर्सिएको अनुहार हेर्दै सोध्नुभयो।

“हैन केही भएको छैन।” उसले स्कुल ब्याग आफू नजिक तान्दै जवाफ दियो। ममीले ब्यागको खानतलासी लिने हो कि भन्ने डर भयो उसलाई। उसले खाजा खाँदै ममी यो भगवानको प्रसाद हो। माथि नै लगेर खानु है भन्दै ममीलाई लड्डु दियो।  अरू बेला विनोदकी हजुरआमा सबलाई प्रसाद दिनुहुन्थ्यो। आज ऊ आफै प्रसाद बाँड्दै थियो। छक्क पर्दै ममीले लड्डुको सानो टुक्रा टोकिन्।

“कहाँबाट ल्याएको लड्डु हो ? पुरानो जस्तो छ नि। कस्तो तीतो।” ममीले मुख बिगारिन्। “माथि पूजाकोठाको प्लेटमा नै त थियो।” पाउरोटी टोक्दै विनोदले दिएको जवाफ सुनेर ममी बड्बडाउँदै मुख कुल्ला गर्न गइन्, “सोध्नुबुझ्नु छैन। कहाँको लड्डु टिपेर ल्याएछ। हरे, के भन्नु अब !”

हेर्दा मीठो देखिने त्यो लड्डु त ममीलाई तीतो लाग्यो। अब ब्यागभित्र कापीमा भएका चारचार ओटा लड्डु देख्दा झन् कति तीता लाग्ने होलान् ?....अब कुनचाहिँ कार्टुन आई मुख मिठ्याई देलान्। विनोदलाई डरले आच्छुआच्छु पर्न थाल्यो।







यसमा तपाईको मत

अन्य समाचार

जाडोका लागि सिजीको घरायसी सामग्री

जाडोका लागि सिजीको घरायसी सामग्री

इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले नजिकिँदो जाडोलाई लक्षित गरी विभिन्न किसिमका घरायसी सामग्री बजारमा ल्याएको छ । ...

मन जित्दै सिटिजन शुभारम्भ जीवनबिमा योजना

मन जित्दै सिटिजन शुभारम्भ जीवनबिमा योजना

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सञ्चालनमा ल्याएको सिटिजन शुभारम्भ जीवन बिमा योजनाले प्रचलनमा आएको केही दिनमै मन जित्न सफल भएको कम्पनीले...

सोल्टीमा पंजाबी फूड फेस्ट (भिडियो)

सोल्टीमा पंजाबी फूड फेस्ट (भिडियो)

फूड फेस्टिवलमा परम्परागत पंजाबी खाना सस्तो मूल्यमा शाकाहारी र मांसाहारी दुवै उपलब्ध छन् जुन सबै पंजाबको राजमार्ग ढाबाबाट प्रेरित छन्।

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले तनहुँको दमौलीमा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ)...

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयुभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’...

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

टिकटकको डाउनलोड संख्या १ अर्ब ५० करोड पुगेको छ! ...

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad