यसपालिको मेरो तिहार

शनिबार, १६ कार्तिक २०७६, ०८ : २२ नागरिक

कृपा सिग्देल,
कक्षा–४, फ्रेन्डसिप पब्लिक स्कुल चिसापानी, स्याङ्जा।

यसपालिको तिहार मैले आफ्नौ गाउँमा मनाएँ। कुकुर तिहारको दिनबाट विद्यालय बिदा भयो। सुरुमा बिदाको गृहकार्य गरेँ। मैले बुबाआमासँगै घरमै काग, कुकुर, लक्ष्मी, गाई र गोवद्र्धन पूजा गर्ने अवसर पाएँ। आफ्नै घरको आँगनमा रङ्गोली बनाएँ। रङ्गोलीबाट गेरु माटोले लक्ष्मीको पाइला बनाएर भण्डार कोठासम्म पु-याएँ। यस काममा आमा र फुपूले मलाई सहयोग गर्नुभयो। तिहारका सामान तयार पार्ने सानातिना काममा भाइले पनि सहयोग ग-यो।

तिहार आउनुभन्दा धेरै दिनअघिदेखि नै घरमा राम्रै तयारी भइसकेको थियो। आँगनमै मखमली र सयपत्री फूलहरू ढकमक्क फुलेका थिए। आमा र फुपूले चामल भिजाई ढिकीमा लगेर कुट्नुभयो। मैले मखमलीको माला उनेर तयार पारेँ। फुपूले सयपत्रीको माला उन्नुभयो। शनिबारको दिन हामीले बजारबाट तिहारलाई चाहिने सामान किनेर ल्याइसकेका थियौँ। मैले सप्तरङ्गी टीकासँगै भाइमसला र उपहार पनि किनेकी थिएँ।

तिहार टीकाको दिन हामी दुवै दिदीभाइले बिहानै उठेर नुहाइधुवाइ ग-यौँ। नयाँ कपडा फे-यौँ। मैले लेहेङ्गा लगाएँ। भाइले पनि कोट–पाइन्ट लगायो। आमा र फुपूले भान्साको काम गर्नुभयो। सेल, अचार र अन्य परिकारहरू पाके। मेरी फुपू चितवनदेखि बुबालाई टीका लगाउन आउनुभएको थियो। आँगनमा  गुन्द्री ओछ्याएर भाइ र बुबालाई बसायौँ। साइतको समय भएपछि फुपू र मैले सुरुमा ढोकामा टीका लगायौँ। ओखर फो-यौँ। टपरीमा बत्ती बालेर बुबा र भाइको शिरमा छोएर ग्रह फालिदियौँ। कचौराको तेलमा दुबो चोपेर घेरा लगाइदियौँ। शत्रु नाश होऊन् भनेर कामना ग-यौँ। कपालमा तेल लगाएर कोरिदियौँ। प्वाल पारेर ठिक्क पारिएको केराको पात निधारमा राखेर मैले भाइलाई टीका लगाइदिएँ। सुस्वास्थ्य र दीर्घायुको कामना गरेँ। भाइले पनि मलाई उस्तै गरी टीका लगाइदियो। टीका लगाइदिएपछि भाइलाई उपहारसँगै रोटी र अन्य परिकारहरू दिएँ। भाइले पनि मलाई दक्षिणा दिएर ढोग ग-यो। हामीले परिवारसँगै बसेर तिहारका परिकारहरू खायौँ। पारिलो घाममा बसेर कुराकानी गरी रमाइलो ग-यौँ।

टीका लगाएर हामीले तस्बिर पनि खिच्यौँ। एकछिन म घरमुनिको खनियाको रूखमा हालिएको पिङ खेलेँ। भाइले चङ्गा उडायो। साथीहरूसँग मिलेर एकछिन देउसिरे पनि खेलियो। मैले राम्रोसँग भट्याएँ। साथीहरूले मीठो स्वरमा देउसिरे गाए। भाइ भने गीत र मादलको तालमा रमाईरमाई नाच्यो। भाइ राम्रो नाच्दा धेरैले फूल पनि लगाइदिए। हामीले थैलाभरि रोटी चामल र पैसा पनि पायौँ। यसरी यसपालिको मेरो तिहार धेरै रमाइलो भयो।







यसमा तपाईको मत

अन्य समाचार

जाडोका लागि सिजीको घरायसी सामग्री

जाडोका लागि सिजीको घरायसी सामग्री

इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले नजिकिँदो जाडोलाई लक्षित गरी विभिन्न किसिमका घरायसी सामग्री बजारमा ल्याएको छ । ...

मन जित्दै सिटिजन शुभारम्भ जीवनबिमा योजना

मन जित्दै सिटिजन शुभारम्भ जीवनबिमा योजना

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सञ्चालनमा ल्याएको सिटिजन शुभारम्भ जीवन बिमा योजनाले प्रचलनमा आएको केही दिनमै मन जित्न सफल भएको कम्पनीले...

सोल्टीमा पंजाबी फूड फेस्ट (भिडियो)

सोल्टीमा पंजाबी फूड फेस्ट (भिडियो)

फूड फेस्टिवलमा परम्परागत पंजाबी खाना सस्तो मूल्यमा शाकाहारी र मांसाहारी दुवै उपलब्ध छन् जुन सबै पंजाबको राजमार्ग ढाबाबाट प्रेरित छन्।

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले तनहुँको दमौलीमा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ)...

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयुभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’...

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

टिकटकको डाउनलोड संख्या १ अर्ब ५० करोड पुगेको छ! ...

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad