coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

मेलम्चीमा भेटिएकाे पहेंलो वस्तु परीक्षण गर्न खानी विभाग पठाइयाे, निर्माण कार्य प्रभावित

सुन जस्तै पहेंलो चम्किलो पदार्थ भेटिएको मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल हेलम्बु, रिबर्मास्थित पहाड। इन्टेक बनाउन यो पहाड फुटाउने काम भइरहेको थियो। तस्बिरः ध्रुव दंगाल

सिन्धुपाल्चोक– बहुचर्चित तथा बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल क्षेत्रको चट्टाने पहाडमा सुन जस्तै पहेंलो रंगको चम्किलो पदार्थ भेटिएपछि त्यहाँ पहाड खन्ने काम रोकिएको छ।

मेलम्ची खोलाको पानी सुरुङमा छिराउनका लागि मुहानस्थल हेलम्बुको रिबर्मामा इन्टेक बनाउन उक्त पहाड खन्ने काम भइरहेको थियो। उक्त चम्किलो पहेंलो पदार्थ ‘सुन’ हुन सक्ने आशंका गरिएपछि त्यस क्षेत्रलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्। तीन दिनदेखि पहाड खन्ने काम हुन सकेको छैन। नेपाली सेना र नेपाल प्रहरीको संयूक्त टोलीले चट्टाने पहाडको सुरक्षा गरिरहेको छ।

मेलम्चीमा भेटिएकाे पहेंलाे पदार्थ। तस्बिरः फेसबुक

आयोजनाका कार्यकारी निर्देशक घनश्याम भट्टराईले पहाड खन्ने क्रममा चम्किलो पहेंलो पदार्थ भेटिएको पुष्टि गरे। ‘त्यो सुन हो या अरु नै वस्तु हो भन्ने खुलेको छैन,’ उनले नागरिकन्यूजसँग भने। परीक्षणपछि मात्र पहेंलो पदार्थ के हो भनेर पत्ता लाग्ने उनले बताए।

बिहीबार चट्टान काट्ने क्रममा चम्किलो पहेंलो पदार्थ भेटिएको थियो। बालुवा जस्तो देखिने चट्टानका कण–कण पहेंलो र चम्किलो भेटिएको कार्यकारी निर्देशक भट्टराईले बताए।

‘सुन नै पो हो कि भन्ने आशंका उब्जिएपछि त्यस क्षेत्रलाई सुरक्षा दिनु परेको हो,’ उनले भने, ‘यदि सुन नै हो भने त्यो राष्ट्रको सम्पत्ति हुने भएकाले तत्काललाई पहाड खन्ने काम रोकेका छौं।’

मेलम्चीमा भेटिएकाे पहेंलाे पदार्थ। तस्बिरः फेसबुक

सय मिटर अग्लो पहाड शीर (टुप्पो) देखि खेन्दै फेदतिर झर्ने क्रममा ४० मिटरको तहमा पहेँलो कण भेटिएको हो। उक्त पदार्थ के हो भन्ने पत्ता लगाउन परिक्षणका लागि खानी तथा भूगर्भ विभाग पठाइएकाे भट्टराईले बताए।

पहेंलो पदार्थ भेटिएपछि आयोजनाका कर्मचारीले हेलम्बु गाविस सचिव नारायण पौडेलको उपस्थितिमा मुचुल्का उठाइ त्यसको नमुना परीक्षणका लागि लगेका छन्।

 

    
    

प्रकाशित: १८ मंसिर २०७३ ०९:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App