coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खुर्पा प्रहारबाट बालकको मृत्यु

नुवाकोट– नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ देउराली लामाटोलमा खुर्पा प्रहारबाट एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा नवराज राना मगरको ३ वर्षीय छोरा सुजन राना रहेका छन्।

कृष्णबहादुर राना मगरको २८ वर्षीय छोरी पार्वती राना मगरले शुक्रवार दिउँसो खुर्पाले प्रहार गर्दा सुजनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। घरमा कोही नभएको समयमा खुर्पाले घाटीमा प्रहार गरेको बताइको छ। 
खुर्पा प्रहार गर्ने पार्वतीलाई पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको  प्रहरी प्रमुख अविनारायण काफ्लेले बताएका छन्। 

प्रकाशित: १५ कार्तिक २०७६ १५:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App