७ वैशाख २०८१ शुक्रबार
समाज

कोशी नदीमा हाम्फालेकी महिलाको उद्धार

सप्तरी- सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका– १ स्थित सप्तकोशी नदीबाट प्रहरीले आज एक महिलाको उद्धार गरेको छ।

कोशी ब्यारेजको ५२ नम्बर ढोकाबाट नदीमा हाम्फालेकी सप्तरीको खडक नगरपालिका–१० बनौली बस्ने उमेश चौधरीकी श्रीमती २१ वर्षीया मनिषा चौधरीलाई प्रहरीले उद्धार गरेको जनाएको छ।

कोशी नदीमा छठघाट सरसफाइका लागि इलाका प्रहरी कार्यालय भारदहका प्रहरी नायब निरीक्षक मो. साकिर राईनको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनको उद्धार गरेको हो।

हामफालेको देखेपछि तत्काल उद्धार गरी चौधरीलाई स्थानीय भारदह अस्पतालमा ल्याइएर उपचार गरिएको प्रनाउ राईनले बताए। रासस

प्रकाशित: १५ कार्तिक २०७६ १३:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App