सैनिक श्रीमती संघको आयोजनामा सो शीर्षकमा हुने कार्यक्रममा उनले सहभागिता जनाउने छिन्। शनिबार टुँडिखेलमा हुने 'अमरपक्षी, राइजिङ फ्रम द एसिज' नामक कार्यक्रमा उनी र मलाईका अरोराले प्रस्तुती दिने तय भएको छ। भूकम्प पीडितसहयोगार्थ सैनिक श्रीमती संघले कार्यक्रमको आयोजना गर्न लागेको हो।
काठमाडौं विमानस्थलमा सोनाक्षी। तस्विर सौजन्यः सागर दाहाल
कार्यक्रममा अभिनेत्री रेखा थापा, ऋचा शर्मा, निशा अधिकारी, प्रियंका कार्की, इन्दिरा जोशी, सुष्मा कार्की, केकी अधिकारी र सहाना बज्रचार्य लगायत प्रस्तुती दिनेछन्। कार्यक्रमलाई अल्पेनग्लो इभेन्ट्सले व्यवस्थापन गर्दैछ। अल्पेनग्लो इभेन्ट्सले यसअघि मोहित मुनाल, लाईभ इन नेपाल नामक सांगीतिक कार्यक्रमको आयोजना गरेको थियो।
प्रकाशित: ३१ वैशाख २०७३ ०३:३५ शुक्रबार