coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
मुख्य समाचार

सार्वजनिक यातायातको भाडा तत्काल नघट्ने

काठमाडौं– सरकारले पेट्रोलियम पदार्थको मूल्य ११ महिनामा २३ प्रतिशतले घटाएपनि  सार्वजनिक भाडा दर अझै नघट्ने भएको छ । सरकारी अधिकारीका अनुसार डिजलको मूल्यमा पाँच रुपैंया घटबढ भएमा मात्र सार्वजनिक भाडा दरमा पनि समायोजन गर्नुपर्ने नियमका कारण तत्काल भाडा समायोजन नहुने भएको हो ।

११ महिना अगाडि डिजेलकाे मूल्य १०९ प्रतिलिटरबाट अाइतबार ८४ रूपैंयामा झरेकाे छ । तर  माघदेखि सार्वजनिक यातायातकाे भाडा समायाेजन भएकाे छैन । यातायाता विभागका महानिर्देशक मधुसुदन बुर्लाकोटीले माघ २७ गते अन्तिम पटक भाडा समयोजन गर्दा डिजलको मूल्य ८६ . ५ भएको र आइतबार डिजलको मूल्य ८४ रुपैंयामा कायम भएपछि भाडा समायोजन नहुने भएको हो । 'डिजेलको मूल्यमा पाँच रुपैंया घटबढ भएमा मात्र भाडा समायोजन गर्ने नियम छ,' उनले नागरिकन्युजसँग भने, 'तर।

आइतबारको निर्णय अनुसार डिजेलको मूल्यमा साढे दुई रुपैंया मात्र घटेको छ । जसका कारण तत्काल भाडा घटाउन मिल्दैन ।' नियम अनुसार दुइ तरिकाले भाडाको समयोजन हुन्छ । डिजेलेको मूल्यमा पाँच रुपैंया घटबड भएमा वा १४ वटा विभिन्न सूचकहरुमा आर्थिक वर्षको सुरुवातमा बजार सर्वेक्षणमार्फत प्राप्त मूल्य परिवर्तनलाई सामुहिक रुपमा सुत्रगत आधारमा भाडा समायोजन हुन्छ ।

विमाको लागत, लतव भत्ता, गाडीको मर्मत संहार, ब्याट्री, पेट्रोलियम पदार्थ र टायर र गाडी संचालकको नाफालगायतका सूचकहरुको मूल्यमा आएको परिवर्तनलाई एकीकृत रुपमा सुत्रमा हालेर भाडा समयोजन गर्न आवश्व रहेको खण्डमा यातायात व्यवस्था विभागले समायोजनका लागि मन्त्रालयलाई सिफारिस गर्दछ । मन्त्रालयले मन्त्रालयस्तरको निर्णयबाट समायोजनको कार्यान्वयन गर्ने गर्छ । बुर्लाकोटीले सुचकहरुको बजारमा आएको मूल्य परिवर्तनको सर्वोक्षण चाँडै सुरु गरिने बताए । 'तत्काल त भाडा घट्दैन तर, वैज्ञानिक भाडा समायोजनका लागि हामी चाँडै प्रक्रिया सुरु गर्छौं,' उनले भने ।

पेट्रोलियम पदार्थको मूल्य घट्दा भाडा घट्ला भन्ने अपेक्षा विपरित भाडा बढ्न सक्ने मन्त्रालय स्रोतले बतायो । यातायात व्यवासायीहरु पनि भाडा बढाउन दबाब दिइरहको स्रोतको भनाइ छ । 'थुप्रै सूचकहरुको लागत बढिरहेको छ । करको बृद्धिका कारण पनि लागत बढेको छ । पेट्रोलिय पदार्थको मूल्यमात्र घटेर भाडा घट्ने कुरा हुँदैन,' एक यातायात व्यवसायीले भने,'मूल्य सर्वेक्षण गरेपछि समायोजन हुनुपर्दा भाडा बढ्नेजस्तो देखिन्छ ।' 

सरकारले आइतबार खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर ३५ रुपैयाँ घटाएको थियो । निमगले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा मूल्य घटाएको थियो । घटेको मूल्यअनुसार उपभोक्ताले ग्यास प्रतिसिलिन्डर १४३५ तिर्नुपर्नेछ। यसअघि यसको मूल्य १४७० प्रतिसिलिन्डर थियो।

पेट्रोल प्रतिलिटर १ सय ६ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ भने डिजेल र मट्टितेललाइ ८४ रुपैयाँ प्रतिलिटर पर्नेछ। निगमले गत माघदेखि पेट्रोलियम पदार्थको मूल्य घटाएको थिएन। अन्तरार्ष्ट्रिय बजार भाउ अनुसार मूल्य समायोजन गर्नु परे पनि वैशाख १२ मा भूकम्पका कारण बजार भाउ बढ्दा पनि निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउन सकेको थिएन।

प्रकाशित: १८ श्रावण २०७२ ०३:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App