८ वैशाख २०८१ शनिबार
मुख्य समाचार

साझा पेट्रोल पम्पसहित १८ बढी कम्पनीमाथि कारवाही

काठमाडौं– आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग सोमबार बजार अनुगमन गरी विभिन्न १८ भन्दा बढी फर्म तथा व्यावसायिक कम्पनीमाथि कारवाही प्रक्रिया अघि बढाएको छ।

विभागले अनुगमनमा मूल्यसूची नभउका, सरसफाइन नभएको, तोकिएको भन्दा कम परिमाण दिएर ठगी गरेको, प्यान बिल प्रयोग नगरिएकोलगायत विभिन्न कैफियत दिएका उक्त कम्पनीहरुलाई शीलबन्दीलगायतका कारवाही अघि बढाएको जनाएको छ।

तोकिएको भन्दा कम परिमाणमा पेट्रोलियम पदार्थ बिक्री गरेको पाइएको भन्दै विभागले साझा पेट्रोल पम्प पुल्चोक र महायान पेट्रोल पम्प कुमारीपाटीमा समेत शीलबन्दी गरेको छ।

 

प्रकाशित: ६ भाद्र २०७३ ११:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App