६ वैशाख २०८१ बिहीबार
मुख्य समाचार

फेवातालमा डुंगा पल्टँदा २ युवक बेपत्ता, ६ काे उद्दार

पोखरा- फेवातालमा डुंगा पल्टिँदा दुई युवक बेपत्ता भएका छन्। आठजना सवार डुंगा अनियन्त्रित भई तालको बीचभागमा डुबेको थियो । बेलुकी ५ बजेतिर डुंगा पल्टेको थियो।

बैदाम चौकीका प्रहरी निरीक्षक मोहनमणि अधिकारीका अनुसार तालमा डुबेर दुईजना युवा बेपत्ता भएका छन्। एकजना महिलासहित ६ जनालाई सकुशल उद्धार गरिएको छ। बेपत्ता हुनेमा काठमाडौं चक्रपथका प्रतीक श्रेष्ठ (१९) र बसुन्धराका एलन केसी (२३) रहेका छन्। ‘हराइरहेका युवाहरुको पुरै विवरण खुलेको छैन। तर तालमा डुबेर सम्पर्कविहीन छन्। उनीहरुको खोजी भइरहेको छ,’ उनले भने, ‘अहिले पनि खोजी जारी छ।’

उनका अनुसार डुंगामा महिला चालक गंगा बस्नेतसहित ८ जना थिए। सिन्धुली घर भई पोखरा–६ लेकसाइडक बस्ने ३० वर्षीया बस्नेतले डुंगा चलाइरहेकी थिइन्। उद्धार हुनेमा काठमाडौं चक्रपथका सौगात श्रेष्ठ (१९),  सम्राट गौतम (२०), दीपक  न्यौपाने (३१), बसुन्धराका रोशन न्यौपाने (२३), मकवानपुर हेटौंडाका बिदुर धिताल (३६)  रहेको प्रहरीले जनाएको छ। बस्नेत सहित ६ जनाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।

काठमाडौंबाट पोखरा घुम्न आएका ७ युवा डुंगा चढेर ताल सयर गर्न पुगेका थिए। तालको बीचमा पुग्दा डुंगा अनियन्त्रित भएर डुबेको प्रहरीको अनुमान छ। ‘डुंगा तालमा डुबेको थाहा पाउनासाथ प्रहरी, डुंगा चालक र स्थानीयले उद्धार सुरु गरेका थिए। समयमै उद्धार गर्न सकेकोले बचाउन सकियो,’ उनले भने, ‘सबैको सहयोगले डुंगा डुब्नासाथ उद्धार सुरु भएको थियो।’

प्रकाशित: २४ श्रावण २०७३ १२:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App