२१ मंसिर २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

यूक्रेन युद्धबारे वार्ताका लागि अबुधाबीमा भेट्दै अमेरिका र रूसका प्रतिनिधि

अमेरिकाले जनाएको छ कि रूस–यूक्रेन युद्ध समाप्त गर्ने प्रयासका क्रममा अमेरिकी अधिकारीहरू अबुधावीमा रूसी प्रतिनिधिहरूसँग भेट्न जाने भएका छन्।  यसअघि, रूस–यूक्रेन युद्ध समाप्त गर्ने विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘पीस प्लान’ सम्बन्धी वार्ताका लागि आइतवार जिनेभामा बैठक बसेको थियो।

उक्त बैठकमा अमेरिकी प्रतिनिधिमण्डल, यूक्रेनका प्रतिनिधि र उसका युरोपेली सहयोगी मुलुकका प्रतिनिधिहरू सहभागी थिए।

यूक्रेन र युरोपेली नेताहरूले ट्रम्पको शान्ति योजनामा ‘अझै काम गर्नुपर्ने आवश्यकता’ रहेको बताएका थिए। यद्यपि ट्रम्पको ‘पीस प्लान’बारे छलफल जारी रहँदासमेत, यूक्रेन र रूस दुवैले एक–अर्काका सहरहरूमा आक्रमण गरेका छन्।

यूक्रेनकी राजधानी किभका अधिकारीका अनुसार रूसी आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको छ।उता रूसी अधिकारीहरूले रोस्तोभ क्षेत्रमा यूक्रेनी आक्रमणमा कम्तीमा ३ जनाको मृत्यु भएको बताएका छन्। एजेन्सी 

प्रकाशित: १० मंसिर २०८२ ०७:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App