२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जापान : शक्तिशाली भूकम्पपछि जारी सुनामीको खतरा हट्यो, सतर्क रहन अनुरोध

जापानको उत्तरी इवाते प्रान्तमा ६.९ म्याग्निच्युडको भूकम्प गएपछि जारी भएको सुनामी चेतावनी हटाइएको छ। 

सार्वजनिक प्रसारक एनएचकेका अनुसार आइतबार साँझ ५:०३ बजे (स्थानीय समय अनुसार) गएको भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको थियो। राति ८ बजेपछि त्यो चेतावनी हटाइएको थियो।

प्रधानमन्त्री सानाए ताकाइचिले सामाजिक सञ्जालमार्फत बासिन्दाहरूलाई तटीय क्षेत्रबाट टाढा रहन र आफ्नो क्षेत्रमा आउने पराकम्पनबाट सतर्क रहन आग्रह गरेकी छिन्। इवाते र छिमेकी मियागी प्रान्तका केही स्थानमा भूकम्पको जोडदार धक्का महसुस गरिएको थियो।

भूकम्पपछि पूर्वी जापान रेलवेका अनुसार तोहोकु शिन्कानसेनको केही क्षेत्रमा बिजुली कटौती हुँदा सेवा केही समयका लागि बन्द भएको थियो। तोहोकु विद्युत् कम्पनीले मियागीस्थित ओनागावा आणविक केन्द्रमा कुनै असर नपरेको जनाएको छ।

जापान मौसम विभागका अनुसार भूकम्पको गहिराइ १० किलोमिटर थियो। यसले प्रशान्त क्षेत्रमा सानो सुनामी उत्पन्न गरेको थियो। कुनै ठुलो क्षति वा हताहतको जानकारी आएको छैन। जापानी अधिकारीहरूले थप पराकम्प आउन सक्ने भन्दै सबैलाई सतर्क रहन भनेका छन्। एजेन्सी

प्रकाशित: २४ कार्तिक २०८२ ०९:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App