बंगलादेशमा आज बिहान ५.५ म्याग्निच्युडको भूकम्प गएको छ। त्यसको धक्का भारतको पश्चिम बंगालका धेरै जिल्लामा पनि महसुस गरिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।
भूकम्प बिहान १० बजेर २३ मिनेट जाँदा भूकम्प आएको हो। त्यसको केन्द्रबिन्दु बंगलादेशको नरसिंदी नजिकै १० किलोमिटर गहिराइमा रहेको युरोपेली–भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रले जनाएको छ।
अहिलेसम्म कहीँ कतै मानवीय क्षति वा सम्पत्तिको नोक्सानी भएको खबर आएको छैन।
भूकम्प किन आउँछ ?
पृथ्वीको बाहिरी भाग १५ ठुला–साना प्लेटले बनेको छ। यी प्लेट बिस्तारै सर्दै एकअर्कासँग ठोक्किन्छन् वा रगडिन्छन्। रगडिँदा किनारामा तनाव जम्मा हुन्छ। जब यो तनाव घर्षणलाई जित्छ तब ऊर्जा एक्कासि निस्कन्छ र कम्पन पैदा हुन्छ। यही कम्पनलाई हामी भूकम्प भन्छौं। एजेन्सी
प्रकाशित: ५ मंसिर २०८२ ११:२४ शुक्रबार





