coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदी इन्डोनेसिया भ्रमणमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोभेम्बर १४ मा बालीमा हुने १६औँ शिखर सम्मेलनमा भाग लिने भएका छन्। भारतले सन् २०२२ डिसेम्बर १ बाट यस समूहको अध्यक्षता ग्रहण गर्दैछ।

'प्रधानमन्त्रीको भ्रमण छोटो छ तर बालीमा हुने जी–२० शिखर सम्मेलनमा भ्रमण निकै महत्वपूर्ण छ,’ इन्डोनेसियाका लागि भारतीय राजदूत मनोज कुमार भारतीले एएनआईलाई बताएका छन्।

‘प्रधानमन्त्री नरेन्द्र मोदी १६ औँ जी२० शिखर सम्मेलनमा भाग लिनु हुने छ र  यहाँ उहाँले औपचारिक रूपमा २०२३ को लागि भारतको २०२३ अध्यक्षता लिनुहुने छ’ भारतीले एएनआईलाई भनेका छन्।  

‘प्रधानमन्त्री मोदी जी२० मा आउनु महत्त्वपूर्ण छ किनभने भारतले इन्डोनेसियाबाट जी२० को अध्यक्षता लिन लागेको छ।  भारतले इन्डोनेसियालाई निरन्तर सहयोग प्रदान गरेको छ, र इन्डोनेसिया सरकारले पनि भारतको सहयोगलाई मान्यता दिन्छु, भारतीय राजदूत भारतीले भनेका छन्।

प्रकाशित: २७ कार्तिक २०७९ ०८:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App