coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

लि छियाङ चीनको नयाँ प्रधानमन्त्री बन्दै

चीनको नयाँ प्रधानमन्त्रीमा ली छियाङ चयन हुने भएका छन्। ली खछ्याङ पार्टी नेतृत्वबाट बाहिरिएपछि छियाङ नयाँ प्रधानमन्त्रीमा हुने भएका हुन्। ली सात सदस्यीय स्थायी समितिमा राष्ट्रपति सीपछि वरियताका दृष्टिले दोस्रो स्थानमा छन्।

यसअघि सीपीसीको स्थायी समितिबाट प्रधानमन्त्री ली खछ्याङसहित चार जना नेताहरू बाहिरिएका थिए। नयाँ नेतृत्व चयन गर्दै पार्टीको २०औँ महाअधिवेशन शनिबार सम्पन्न भएको छ।

प्रत्येक पाँच वर्षमा हुने अधिवेशनबाट पार्टी महासचिवसँगै सात सदस्यीय स्थायी समिति र २५ सदस्य पोलिटव्युरो चयन हुन्छ। नयाँ चयन भएको स्थायी समितिमा दुई जना मात्र दोहोरिएका छन् भने पोलिटव्युरोमा एउटा पनि महिला छैनन्।

प्रकाशित: ६ कार्तिक २०७९ ०९:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App