७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

भारतमा हिमपहिरोमा परी ४ जनाको मृत्यु

फाइल तस्बिर।

भारतीय हिमालय क्षेत्रमा मङ्गलबार हिमपहिरोमा परी कम्तीमा चार आरोहीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। 

भारतको उत्तरी राज्य उत्तराखण्डमा करिब १६,००० फिट (४,८८० मिटर) अग्लो उक्त घटनापछि मृत्यु हुनेको सङ्ख्या १० पुगेको सञ्चारमाध्यमले जनाएका छन्। “फसेका ३३ जनामध्ये चार जनाको मृत्यु भएको पुष्टि भएको छ। तीमध्ये करिब आठ जनालाई उद्धार गरिसकिएको छ र बाँकी एक हिउले बनेको चिरूवाभित्र फसेका छन्,” राष्ट्रिय विपद् व्यवस्थापन बलका रिधिम अग्रवालले भने। “हिउँ परिरहेको थियो तर अहिले मौसममा सुधार आएको छ र हामीले वायु सेना र अन्य एजेन्सीहरूको सहयोगमा उद्धार अभियान सुरु गरिसकेका छौं।

जबसम्म मौसमले साथ दिन्छ र फसेकाहरू सुरक्षित हुँदैनन् तबसम्म उद्धार जारी रहनेछ। उक्त समूह स्थानीय पर्वतारोहण संस्थाका प्रशिक्षार्थीहरू थिए। भारतीय रक्षामन्त्री राजनाथ सिंहले उत्तरकाशीस्थित नेहरु पर्वतारोहण संस्थानले गरेको पर्वतारोहण अभियानका क्रममा गएको पहिरोका कारण भएको अमूल्य जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरे। गत अगष्टमा हिमाञ्चल प्रदेश राज्यमा हिमनदी तर्ने क्रममा हिउँको चिराभित्र खसेका एक पर्वतारोहीको शव दुई महिनापछि फेला परेको थियो।

प्रकाशित: १८ आश्विन २०७९ १४:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App