८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

बेलायतको रेल सेवामा आन्दोलन सुरू, सेवा प्रभावित

बेलायतको रेल सेवा प्रभावित भएको छ। पछिल्लो २४ घण्टादेखि भइरहेको आन्दोलनका कारण सेवा प्रभावित भएको हो।  

रेल सेवामा कार्यरत कर्मचारीहरूले योभन्दा अगाडि नै आन्दोलन गर्ने तयारी गरेपनि बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधन भएकाले रोकिएको थियो। उनीहरूले अहिले महारानीको शोक अवधि सकिएपछि आन्दोलन सुरु गरेका हुन्।

रेल सेवाका कर्मचारीहरूको चार ओटा सङ्गठनले महारानीको शोकका कारण केही समय आन्दोलन स्थगित गरेका थिए। कर्मचारीहरूले बजार मूल्य अनुसार आफूहरूको तलव सहितका सेवा सुविधा बृद्धि नगरिएको भन्दै आन्दोलन सुरु गरेका हुन्।

उनीहरूले यसअघि पनि आफूहरूको पारिश्रमिक वृद्धि गर्न पटक पटक माग गर्दै आएको, तर व्यवस्थापनले वेवास्ता गरेकाले अप्रिय र कठोर आन्दोलनमा उत्रिनु परेको बताएका छन्। अहिलेको आन्दोलन एक दशक यताकै सबैभन्दा ठूलो रहेको र यसले धेरै क्षेत्रलाई प्रभावित पारेको बताइएको छ।  आन्दोलनका कारण विभिन्न क्षेत्रमा असर परेकोप्रति आन्दोलनकारीहरूले भने दुःख व्यक्त गर्दै आफूहरूको बाध्यतालाई बुझिदिन आग्रह गरेका छन्। 

प्रकाशित: १५ आश्विन २०७९ १३:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App