७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

नाइजेरियामा बाढीबाट २३ को मृत्यु, एक लाखभन्दा बढी विस्थापित

नाइजेरियामा आएको भिषण बाढीमा परेर कम्तीमा पनि २३ जनाको ज्यान गएको बताइएको छ। साथै सो बाढीका कारण अरु कम्तीमा पनि एक लाख १६ हजार जना विस्थापित भएका छन्।

यस वर्षको मनसुनी वर्षाका कारण ती नागरिक विस्थापित हुन पुगेका बताइएको छ। उद्धार अधिकारीहरुले यहाँका नागरिक बाढीबाट धेरै विस्थापित हुन पुगेका र उनीहरुको पुनस्र्थापनाको पहल भइरहेको बताएका छन्।

नाइजेरियाको मध्य प्रान्त बेन्युमा बाढीले बढी मात्रामा क्षति पुगेको जनाएको छ। सो प्रान्तमा मे महिनादेखि नै बढीको प्रकोप सुरु भएको र यसमा परेर ठूलो मात्रामा भौतिक क्षति पुगेको पनि यहाँका अधिकारीहरुले जानकारी दिएका छन्।

यो प्रान्तका प्राकृतिक विपद् व्यवस्थापनसम्बन्धी विभागका प्रमुख इमानययल सिसोरले उक्त प्रान्तमा दशौँ हजार जना विस्थापित भएका र उनीहरुको पुनस्थापनाको काम निकै नै चुनौतीपूर्ण भएको बताएका छन्।

यहाँका सयौँ हेक्टर जमिनमा लगाइएको बाली पनि बाढीले नष्ट गरिदिएकाले यहाँका नागरिकहरुलाई बासका साथै खाद्यान्नको पनि आवश्यकता परेको बताइएको छ। अधिकारीहरुले बाढीले यहाँका करिब पाँच हजार घर भत्काइदिएकाले दशौँ हजार नागरिक अस्थायी शिविरमा बस्दै आएका पनि जनाएका छन्। 

प्रकाशित: १२ आश्विन २०७९ ०७:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App