७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

युक्रेनलाई सहयोगबारे छलफल

फाइल तस्बिर

युक्रेनमा आवश्यक सहयोग बारे युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलिन्स्किीले फ्रान्सका विदेशमन्त्रीसँग भेटवार्ता गरेका छन्। हाल युक्रेनको भ्रमणमा रहेका फ्रान्सेली विदेशमन्त्री क्याथोरिन कोलोनासँगको भेटका क्रममा युक्रेनका राष्ट्रपति जेलिन्स्किीले युक्रेनलाई सहयोग गर्न आग्रह गरेका हुन्।

युक्रेनमा केही महिना अघि रुसले गरेको आक्रमणपछि यहाँको आर्थिक लगायतको अवस्था कमजोर हुदै गएको छ। हाल पश्चिमा देशहरुले युक्रेनको आर्थिक तथा समाजिक क्षेत्रमा सहयोग गरिरहेका छन्। बेलायत र अमेरिकाले युक्रेनलाई आवश्यक पर्ने हात हतियार समेत उपलब्ध गराइरहेका छन्।

युक्रेन युरोपियन युनियनको सदस्य बन्ने तयारीमा रहेकाले यसका लागि आवश्यक सहयोग गर्न पनि उनले फ्रान्सेली विदेशमन्त्रीसँग आग्रह गरे। सो भेटका क्रममा फ्रान्ससँग युक्रेनी राष्ट्रपतिले प्रतिरक्षाका क्षेत्रमा आवश्यक सहयोगका लागि पनि आग्रह गरेका युक्रेनी राष्ट्रपतिको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ।

सो विज्ञप्तिमा राष्ट्रपति जेलिन्स्किीले युक्रेनको पछिल्लो अवस्थाको बारेमा फ्रान्सलाई जानकारी गराएको र उनीहरुका बीचमा युक्रेनका लागि हाल गर्न सकिने सहयोगका बारेमा कुराकानी भएको जनाइएको छ।

युक्रेनमा रुसको आक्रमणका विरुद्धमा फ्रान्सले पनि युक्रेनलाई विगतदेखि सहयोग गर्दै आएको छ। गएको फेब्रुअरी महिनामा रुसले युक्रेनमाथि हमला गरेको थियो। सो हमलाबाट युक्रेनमा मानवीय र आर्थिक क्षति पुगेको छ। रुसले युक्रेनमाथि गरेको सो हमलापछि फ्रान्सेली विदेशमन्त्री कोलोनाले गरेका युक्रेनके यो दोस्रो पटकको भ्रमण हो।

प्रकाशित: १२ आश्विन २०७९ ०६:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App