८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

दक्षिणी टर्कीमा सात जना आईएस संदिग्ध पक्राउ

टर्की प्रहरीले दक्षिणी प्रान्त अडानामा इस्लामिक स्टेट (आईएस) का सात संदिग्ध विदेशी सदस्यलाई पक्राउ गरेको स्थानीय डेमिरोरेन समाचार एजेन्सीले शुक्रबार जनाएको छ।

पक्राउ पर्नेहरू सिरिया र इराकमा आइएस गतिविधिमा संलग्न रहेको र अवैध रूपमा टर्किएमा प्रवेश गरेर अडानामा लुकेको बताइएको छ।  

टर्की सरकारले सन् २०१३ मा आइएसलाई आतङ्कवादी सङ्गठन तोकेको  थियो।  

सन् २०११ मा सिरियामा गृहयुद्ध शुरु भएदेखि सिरियासँगको टर्कीको दक्षिणी सीमा सिरियाली र विदेशी लडाकुहरूका लागि प्रमुख क्रसिङ पोइन्ट भनेको छ।

प्रकाशित: ७ आश्विन २०७९ १३:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App