२० आश्विन २०७९ बिहीबार
अन्तर्राष्ट्रिय

अनिश्चय र अनिष्टको जोखिमपूर्ण परिस्थितिमा विश्व पुगेकामा महासचिव गुटरेस चिन्तित

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले वर्तमान विश्व विशाल अनिश्चय र अनिष्टको जोखिमपूर्ण अवस्थामा रहेको बताएका छन्।

तीन वर्षपछि विश्व नेताहरूको भौतिक उपस्थितिमा भएको ७७औँ राष्ट्रसंघीय महासभालाई आज सम्बोधन गर्ने मन्तव्यमा उनले द्वन्द्व र जलवायु प्रकोप, बढ्दो गरिबी र असमानतासँगै रूसले युक्रेनमा आक्रमण गरेपछि विश्व नै अनिश्चय र अनिष्टको जोखिमपूर्ण परिस्थितिमा पुगेको वास्तविकता औँल्याउने राष्ट्रसंघका प्रवक्ताले उल्लेख गरेका छन्।

महासचिवले युक्रेन युद्धपछि शक्तिराष्ट्रबीचको विभाजन समयमै सम्बोधन हुनुपर्नेमा पनि जोड दिने उनले बताए। महासचिवको मन्तव्यमा कोभिड–१९ महामारीले विश्वमा पारेको प्रभाव तथा विकासोन्मुख राष्ट्रलाई त्यसका असरबाट पार पाउन हम्मेहम्मे परेको, त्यसनिम्ति पूँजीमा पहुँच नपुगको कटु यथार्थ चित्रित हुने, महामारीका कारण शिक्षा, स्वास्थ्य एवम् महिला अधिकारमा पारेको आघातको चर्चा गर्ने राष्ट्रसंघका प्रवक्ता स्टेफेन डुजारिकले जनाए।

प्रवक्ता डुजारिकका अनुसार भूराजनीतिक विभाजनले विश्वलाई नै जोखिममा पारेकाले विश्वशान्ति एवम् स्थायित्वमा उनले जोड दिनुहुने उनले पत्रकारहरूलाई बताएका छन्। रूस र युक्रेनबीचको युद्धका कारण विश्वव्यापीरूपमा निम्तिएको खाद्य संकट तथा शीतयुद्ध समाप्त भएपछि नदेखिएको प्रमुख शक्तिराष्ट्रहरूबीचको वैमनस्यतालाई सम्बोधन गर्नुपर्ने महासचिवको धारणा मन्तव्यमार्फत व्यक्त हुनेछ।

प्रकाशित: ४ आश्विन २०७९ १७:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App