६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

महारानी एलिजाबेथको अन्त्येष्टि आज

गत साता मृत्यु भएकी बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि आज हुने भएको छ। राजकीय अन्तिम संस्कार ब्रिटिश समय अनुसार ११ बजे वेस्टमिन्स्टर एबीमा सुरु हुनेछ।

समारोहमा विश्वभरिका करिब दुई हजार जनाको उपस्थिति हुने अपेक्षा गरिएको छ। त्यसमध्ये पाँच सय जना जति विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री र विदेशी राजपरिवारका सदस्य सामेल हुन्छन्।

महारानी एलिजाबेथको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो। उनको निधनपछि चाल्र्स तृतीय बलायतको नयाँ राजा बनेका छन्।

प्रकाशित: ३ आश्विन २०७९ ०५:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App