८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

भारतको आसाममा एक लाख सरकारी घर बनाइने

भारतको आसाम राज्यमा सरकारले एक लाख घर बनाउने भएको छ।

प्रधानमन्त्री आवास योजना अन्तर्गत ती घरहरु बनाउने तयारी गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। आसामका पञ्चायत तथा ग्रामिण विकास मन्त्री रन्जीतकुमार दासले आगामी सेप्टेम्बर १७ देखि ती घर बनाउने कार्य सुरु हुने जानकारी दिए।

सरकारले बनाउने ती घरबाट १६ लाख मानिस लाभान्वित हुने पनि उनले शनिबार बताएका छन्। ती घरहरु प्रदेशका विभिन्न ठाउँमा बनाइने भएका छन्। सरकारले घरवार विहीन रहेका, न्युन आय भएका परिवारलाई छानेर घर बनाइदिने योजना अनुसार ती घरहरु बनाउन लागिएको हो।

ती घर निर्माण सम्पन्न भएपछि सरकारले उनीहरुलाई हस्तान्तरण गर्नेछ। भारतको केन्द्र सरकारले देशका अन्य प्रदेशहरुमा पनि प्रधानमन्त्री आवास योजना लागू गरी घरवार विहिनहरुलाई घर दिने कार्यक्रम बनाएको छ। 

प्रकाशित: २५ भाद्र २०७९ १५:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App