९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अर्जेन्टिनाकी उपराष्ट्रपतिको हत्या प्रयासः टाउकोमा ताकिएको बन्दुक नपड्किएपछि बाँचिन्

अर्जेन्टिनाकी उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डे किर्चनरको टाउकोमा ताकेको बन्दुक नपड्किएपछि उनी हत्या हुनबाट जोगिएकी छिन्।

राष्ट्रपति अल्बर्टो फर्नान्डेजले भने, ‘पाँचवटा गोलीले भरिएको बन्दुकले फायर नगरेकोले मात्र फर्नान्डेज डे किर्चनर बाँचे।’

उनी बिहीबार राति ९ बजे रेकोलेटाको ब्यूनस आयर्स नजिकैको आफ्नो घर बाहिर समर्थकहरूलाई अभिवादन गरिरहेकी थिइन्।

‘एक व्यक्तिले उनको टाउकोमा बन्दुक देखाएर ट्रिगर तान्यो’, राष्ट्रपतिले राष्ट्रिय प्रसारणमा भने। ‘क्रिस्टिना अझै जीवित छ किनभने, कुनै कारणले पुष्टि हुन बाँकी छ, बन्दुकले फायर गरेको छैन।’

उनले यसलाई सन् १९८३ मा ‘हामीले प्रजातन्त्र पुनः प्राप्ति गरेयताकै सबैभन्दा गम्भीर घटना’ भनेका छन् र यस घटनालाई अस्वीकार गर्न राजनीतिक नेता र समाजलाई आग्रह गरेका छन्।

अर्जेन्टिनाको अखबार क्लारिनले एक ३५ वर्षीय ब्राजिलियन व्यक्तिलाई घटनास्थलबाट पक्राउ गरेको जनाएको छ।

प्रकाशित: १७ भाद्र २०७९ ०७:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App