coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फिनल्यान्डकी प्रधानमन्त्री मदिरापान गर्दै नाचगानमा मस्त

फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले मदिरापान गर्दै आफ्ना साथीभाइसँग रमाइरहेको भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल भएको छ।

सामाजिक सञ्जालमा ‘सेलेब्रिटीहरू’ सहित आफ्ना साथीहरूसँग मरिनले नाचगान गरिरहेको देखिन्छ। उनको यो भिडियो प्रति विपक्षी नेता रिक्का पुराले लागूऔषध लिएकी हुन् या होइनन् भन्ने जाँच गर्नुपर्ने माग गरेकी छन्। सन्ना मरिन ३४ वर्षकी हुँदा सन् २०१९ मा फिनल्यान्डकी प्रधानमन्त्री बनेकी थिइन्।

त्यतिबेला उनी संसारकै सबैभन्दा कान्छी सरकार प्रमुख थिइन्। भने अहिले उनी ३६ वर्षकी भएकी छन्। उनले लागूऔषध नलिएको र लागूऔषधको परीक्षण गर्न कुनै समस्या नरहेको बताएकी छन्।

उनल ‘मेरो पारिवारिक जीवन, मेरो उमेरका अरू मानिसहरू झैँ साथीहरूसँग बिताउने समय पनि भएको बताएकी छन्। ‘म अहिलेसम्म जस्ती छु त्यस्तै रहने छु र आशा छ मलाई त्यसैगरी स्वीकार गरिनेछ, उनले भनेकी छन्।

प्रकाशित: ३ भाद्र २०७९ ०८:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App