गणतन्त्र इन्डोनेसियाको ७७ औं स्वत्रन्त्रता दिवसको अवसरमा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालयमा झण्डोत्तलन कार्यक्रम सम्पन्न भएको छ।
नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले इन्डोनेसियाको झण्डोत्तलन गरेका हुन्।कार्यक्रममा अवैतनिक वाणिज्य दूत ढकालले इन्डोनेसियाको ७७ औं स्वतन्त्रता दिवसका अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाल र गणतन्त्र इन्डोनेसियाबीच सुमधुर सम्बन्ध रहेको र आगामी दिनमा यसलाई जनस्तरसम्म पु¥याउन आफूले प्रयास गरिरहेको बताए।
उनले दुई देशबीचको आपसी व्यापार तथा अनुभव आदान प्रदानले दुवै देशका जनता तथा सरकारले फाइदा लिन सक्ने प्रशस्त सम्भावना रहेकाले यो सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ र मजबुत बनाउनुपर्ने कुरामा जोड दिए।
नेपाल र गणतन्त्र इन्डोनेसियाबीच सन् १९६० मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। नेपालका लागि इन्डोनेसियाको गैरआवासीय राजदूतको कार्यालय बंगलादेशको राजधानी ढाकामा रहेको छ।
प्रकाशित: २ भाद्र २०७९ ०३:२२ बिहीबार