८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

अर्मेनियाको व्यापारिक केन्द्रमा विस्फोट: छ जनाको मृत्यु, १७ जना बेपत्ता

अर्मेनियाको राजधानी येरेभानको एक बजारमा भएको भीषण विस्फोटमा परी कम्तीमा छ जनाको मृत्यु भएको छ भने १७ जना बेपत्ता रहेको अर्मेनियाली अधिकारीले बताएका छन्।

आकस्मिक सेवामामिला मन्त्रालयले सोमबार जारी विज्ञप्तिमा भनिएको छ, 'उक्त घटनामा कम्तीमा छ जनाको मृत्यु भएको छ भने १७ जना हराइरहेका छन्। उक्त घटनामा घाइते भएका २८ जनाको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।'

विस्फोटपछि तीन तले भवन भत्किएको त्यहाँ रहेका दर्जनौ मानिस भग्नावशेषमा परेका थिए।  विष्फोट भएको केही मिनेटमा नै उक्त स्थानमा स्थानीय, सुरक्षाकर्मी र तालिमप्राप्त उद्धारकर्मीहरू पुगी उद्धार सुरू गरेका अधिकारीहले बताएको छन्।

घटनास्थलमा करिब ३५० अग्निनियन्त्रक र उद्धारकर्मीलाई परिचालन गरी जीवित व्यक्तिको खोजी गरिरहेको विज्ञप्तिमा उल्लेख छ।  

अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले सोमबार नै उद्धार कार्यको निरीक्षण गर्नुभएको थियो। येरेभानस्थित सुरमालु सपिङ सेन्टरमा स्थानीइ समय अनुसार आइतबार शक्तिशाली विस्फोट भएको हो।

स्थानीय सञ्चारमाध्यमका अनुसार बजारको आतसबाजी भण्डार गरी राखिएको गोदाममा विस्फोट भएको थियो। विस्फोटपछि घटनास्थलमा भीषण आगलागी भएको बताइएको छ।  

अधिकारीहरूले घटनाको कारणबारे विस्तृत जानकारी दिएका छैनन्।

प्रकाशित: ३० श्रावण २०७९ १२:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App