coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विहारमा नीतीश आठौंपटक मुख्यमन्त्री

नेपालसँग सीमा जोडिएको भारतीय राज्य विहारमा जनता दल युनाइटेडका नेता नीतीश कुमार आठौंपटक मुख्यमन्त्री बनेका छन्। उनले बुधबार आठौंपटक मुख्यमन्त्रीको शपथ लिए। उनले भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडिए गठबन्धनबाट बाहिरिएर सात दलीय महागठबन्धन आरजेडीमा जोडिएको दोस्रो दिन मुख्यमन्त्रीको शपथ लिएका हुन्। उनले एनडिएबाट अलग्गिएसँगै मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । उनी नेतृत्वको राज्य सरकारमा गठबन्धनका तेजस्वी यादवले उपप्रमुखको जिम्मेवारी पाएका छन्।

यसअघि सन् २०१५ मा पनि नीतीश र यादवले सोही भूमिकामा शथप लिएका थिए। त्यसको दुई वर्षपछि सन् २०१७ मा नीतीश गठबन्धन परिवर्तन गरेर भाजपा नेतृत्वको गठबन्धनसँग जोडिएका थिए। विगत १७ वर्षदेखि निरन्तर मुख्यमन्त्रीको भूमिकामा रहेका नीतीश सन् २००५ मा जनता दल युनाइटेडका तर्फबाट मुख्यमन्त्री बनेका थिए। सन् २०१० मा पनि मुख्यमन्त्री बनेका उनी सन् २०१४ मा भाजपाले नरेन्द्र मोदीलाई प्रधानमन्त्रीका रूपमा अघि सारेपछि एनडिए गठबन्धन छाडेर महागठबन्धन आरजेडीमा जोडिएका थिए।

सन् २०१५ मा महागठबन्धन आरजेडीले निर्वाचन जितेपछि मुख्यमन्त्री बनेका उनी सन् २०१७ मा पुनः एनडिए गठबन्धनमा आबद्ध भएका थिए।

नीतिशले आठौंपटक मुख्यमन्त्रीको शपथ लिएपछि पत्रकारसँग सन् २०२४ को निर्वाचनपछि आफू मुख्यमन्त्री नबन्ने बताए। ‘के हुन्छ भन्ने कुरा मलाई थाहा छैन तर म के कुरामा निश्चित छु भने सन् २०२४ मा म यहाँ हुनेछैन,’ उनले पत्रकारसँग भने।

उनी पहिलोपटक सन् २००० मा सात दिनका लागि मुख्यमन्त्री बनेका थिए। उनी सन् २००१ मा केन्द्र सरकारका रेलमन्त्री बनेका थिए। त्यसअघि उनी दुईपटक केन्द्रीय मन्त्री बनेका थिए। नीतीशसहितको महागठबन्धनले निरन्तरता पाए सन् २०२४ मा हुने राज्यसभा निर्वाचनमा विहारमा भाजपा कमजोर हुन सक्ने आकलन गरिएको छ।

प्रकाशित: २६ श्रावण २०७९ ०३:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App