coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युद्धविराम गर्ने सहमतिमा इजरायल र विद्रोही लडाकु समूह

इजरायल र विद्रोही लडाकु समूहका बीचमा युद्धविराम गर्ने सहमती भएको छ। सोमबार मध्यरातदेखि लागू हुनेगरी युद्ध विरामको सहमति भएको इजरायलका प्रधानमन्त्री याइर लापिडले पुष्टि गरेका छन्।  

लामो समयदेखि उनीहरुका बीचमा युद्ध चलिरहेको भएपनि पछिल्लो तीन दिन लगातार भिडन्त भएको थियो। भिडन्तमा परी कम्तीमा ४३ जनाको मृत्यु भएको थियो। ठूलो क्षति र सर्वत्रको दबावपछि युद्धविराम गर्न दुवै पक्ष सहमत भएका हुन्।  

इजिप्टका मध्यस्थकर्ताहरूको सहयोगमा युद्धविराम भएको खबर थाहा पाएपछि स्थानीय बासिन्दाले खुशीयाली मनाएका छन्। इजरायलबाट भइरहेको आक्रमण रोक्न इजिप्टले पहल गरेर युद्धविरामको वातावरण बनाएकोमा इस्लामिक जिहादका प्रवक्ताले खुशी व्यक्त गरेका छन्।  

इजरायलले गत सोमबार राति इस्लामिक जिहादका प्रमुख भनिएका बसिम सादीलाई पक्राउ गरेपछि तनाव बढेको थियो। इरानले समर्थन गरेको इस्लामिक जिहाद समूह गाजामा सक्रिय सबैभन्दा बलियो विद्रोही समूह मानिन्छ।

प्रकाशित: २३ श्रावण २०७९ ०६:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App