८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

श्रीलङ्काका पूर्व प्रधानमन्त्री र अर्थमन्त्रीलाई देश छाड्न प्रतिबन्धको म्याद थप

श्रीलङ्काका दुई नेतालाई देश छाड्न प्रतिबन्ध लगाइएको समयावधिको म्याद थप गरिएको छ। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्ष र पूर्व अर्थमन्त्री बसिल राजापाक्षलाई प्रतिवन्ध लगाउने समयावधिको म्याद थप्ने आदेश बुधबार दिएको हो। उनीहरुलाई आगामी अगस्ट ११ सम्म देश छाड्न नपाइने आदेश दिइएको समाचार जनाइएको छ।

पूर्व राष्ट्रपति गोटावाय राजापाक्षले देश छाडेर भागेपछि अन्य नेताहरुलाई देश छाड्न प्रतिबन्ध लगाइएको हो। गोटावायलाई भने तत्कालिन सरकार र सेनाले नै देशबाट बाहिरिन सहयोग गरेका थिए। अदालतले यसअघि गत जुलाई २८ मा पनि अनुमति विना देश नछाड्न दुवै जनालाई आदेश दिएको थियो।

यसैबीच अपराध अनुसन्धान विभागले मङ्गलबार तीन जनालाई पक्राउ गरेको थियो। पक्राउ गरेका मध्ये एक जना १८ र एक जना २२ बर्षका रहेको खुलेको छ। श्रीलङ्कामा आर्थिक सङ्कटका कारण राजनीतिक सङ्कट पनि उत्पन्न भएको छ। आर्थिक सङ्कटका कारण सुरु भएको आन्दोलनका कारण राजनीतिक उथलपुथल भएको छ। संकट समाधानका विभिन्न प्रयास भएपनि ठोस उपलब्ध भने हुन सकेको छैन।

प्रकाशित: १९ श्रावण २०७९ ०८:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App