८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

भारतमा थप १९ हजार संक्रमित

भारतमा कोरोना भाइरसबाट थप १९ हजारभन्दा बढी संक्रमित भएका छन्। सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १९ हजार ८९३ जना नयाँ संक्रमित भएका हुन्।

संघीय स्वास्थ्य मन्त्रालयले यसअघि बुधबार सार्वजनिक गरिएको विवरणमा भारतमा नयाँ संक्रमितको संख्या १७ हजार १३५ रहेको थियो। भारतमा दैनिक संक्रमितहरुको संख्यामा उतारचढाव भइरहेको छ। भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको संख्या एक लाख ३६ हजार ४७८ रहेको छ।

मन्त्रालयका अधिकारीहरुका अनुसार भारतमा कोराना भाइरसका कारण अहिलेसम्म पाँच लाख २६ हजार ५३० जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा २० हजार ४१९ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन्। एउटै अवधिमा नयाँ संक्रमितको संख्या भन्दा संक्रमणमुक्त भएकाको संख्या धेरै रहेकाले सक्रिय संक्रमित घटेका छन्। 

प्रकाशित: १९ श्रावण २०७९ ०८:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App