७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

सुडानका लागि मानवीय सहायता उपलब्ध गराउन अपिल

सुडानका लागि संयुक्त राष्ट्रसङ्घले मावनीय सहायताको अपिल गरेको छ। संयुक्त राष्ट्रसङ्घले दक्षिण सुडानका लागि तत्काल कम्तीमा पनि ४० करोड अमेरिकी डलर बराबरको सहायता जरुरी परेको भन्दै सोका लागि अपिल गरेको हो।

दक्षिण सुडानका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष प्रतिनिधि सारा वियोस्लो नान्तीले सो अपिल गर्नुभएको समाचारमा जनाइएको छ। अहिले दक्षिण सुडानमा खाद्यान्नदेखि अन्य न्यूनतम मानवीय सहायताको पनि खाँचो परेकाले तत्कालका लागि यो रकम आवश्यक परेको उनको भनाई छ।

उनले भनेका छन्, 'हामीले यो सहयोग रकम विश्वसँग नै अपेक्षा गरेका छौँ, हामीलाई लाग्छ दक्षिण सुडानका नागरिकका लागि कुनै न कुनै रुपमा तत्कालै यो रकमको आवश्यकता परेको छ। अन्य सहायताका अतिरिक्त अहिले नै यहाँका महिला तथा बालबालिकालाई खाद्यान्नको आवश्यकता छ र उनीहरुलाई अझ बढी त पोषणको पनि जरुरत रहेको छ।' 

आवश्यक पोषण र खाद्यान्नको अभावमा यहाँका बालबालिका कुपोषणको शिकार भइरहेका र कतिपय स्थानका नागरिकले खाद्यान्न र औषधिजस्तो आधारभूत आवश्यकता नै पाउन नसकेका भन्दै यसअघिदेखि नै संयुक्त राष्ट्रसङ्घले दक्षिण सुडानका लागि सहायताको जरुरत परेको बताउँदै आएको थियो।

प्रकाशित: २१ असार २०७९ ०८:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App