coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकाको टेक्सासमा बन्द लरीभित्र ४० आप्रवासीकाे शव फेला

तस्बिरः बीबीसी

अमेरिकाको टेक्सासस्थित सान एन्टोनियोको बाहिरी क्षेत्रमा एउटा बन्द लरीमा कम्तीमा ४० जना आप्रवासीकाे शव फेला परेकाे छ। फेला परेकामध्ये १६ जनालाई अस्पताल लगिएको छ। लरी वरपर आपतकालीन उद्धारकर्ता परिचालन गरिएको छ। सान एन्टोनियोको दक्षिणपश्चिमी छेउमा रेल ट्र्याक नजिक लरी फेला परेको थियो।

न्यूयोर्क टाइम्सका अनुसार सान एन्टोनियो प्रहरी विभागका अधिकारीहरूले घटनास्थलबाट हराएका लरी चालकलाई खोजी गरिरहेका छन्। सान एन्टोनियो अमेरिका–मेक्सिकन सीमाबाट लगभग २५० किलोमिटर टाढा रहेकाे छ।

टेक्सासका गभर्नर ग्रेग एबोटले सो मृत्युको लागि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दोष दिएका छन्। उक्त घटना ‘घातक खुला सीमा नीतिको परिणाम’ भएको उनले दाबी गरेका छन्।

मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले देशका कूटनीतिज्ञले घटनाबारे खोजी गरिरहेको तर पीडितको राष्ट्रियता अझै अज्ञात रहेको बताए।

मानिसहरूकाे मृत्युकाे कारणा खुल्न नसकेको र स्थानीय प्रहरीले सार्वजनिक रूपमा टिप्पणी नगरेको बीबीसीले जनाएको छ। सान एन्टोनियोको मौसम गर्मी महिनामा तातो हुन्छ। सोमबार त्यहाँको तापक्रम सोमबार ३९ दशमलब ४ डिग्री सेल्सिय थियो। उनीहरूकाे मृत्यु गर्मीका कारण पनि हुन सक्ने अनुमान गरिएकाे बीबीसीले जनाएको छ।

प्रकाशित: १४ असार २०७९ ०२:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App