coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अठार हजारभन्दा बढी चिनियाँ प्रहरीको फन्दामा

लागूऔषधसम्बन्धी अपराधमा संलग्न भएको अभियोगमा १८ हजारभन्दा बढी सन्दिग्धलाई पक्राउ गरिएको छ। बितेका पाँच महिनमा उनीहरूलाई पक्राउ गरिएको सार्वजनिक सुरक्षा मन्त्रालयले बताएको हो।

यो वर्षको पहिलो पाँच महिनामा देशभरबाट सात टनभन्दा बढी लागूऔषध बरामद गरिएको जनाउँदै उक्त मन्त्रालयले लागू औषधविरुद्ध कठोर नीति अवलम्बन गरिएको बताएको छ। लागू पदार्थविरुद्धको देशव्यापी अभियान पनि जारी रहने उक्त मन्त्रालयले जनाएको छ।

लागू औषध नियन्त्रण विभागका अनुसार बितेका पाँच वर्षमा चार लाख ५१ हजार लागू औषधसम्बन्धी अपराध पर्दाफार भएका छन् भने पाँच लाख ८८ हजार अभियुक्तलाई हिरासतमा लिइएको छ। सोही अवधिमा तीनसय पाँच टन लागू औषध बरामद भएको छ।

देशको लागूऔषधविरुद्धको अवस्थामा निरन्तर सुधार भइरहेको जनाउँदै सार्वजनिक सुरक्षा मन्त्रालयले लागूऔषध नियन्त्रण प्रणाली र क्षमतालाई पनि आधुनिकीकरण गर्ने थप प्रयास भइरहेका बताएको छ।

प्रकाशित: ९ असार २०७९ १२:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App