coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मध्य मालीमा १३२ सर्वसाधारण मारिए

मध्य मालीको तीनवटा गाउँमा जम्मा १३२ जना सर्वसाधारणको मृत्यु भएको माली सरकारले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

माली अधिकारीहरूका अनुसार, डियालासागौ, डियानवेली, डेगुसागौ गाउँहरू र वरपरका ग्रामीण समुदायहरूमा जुन १८ देखि १९ जुनसम्म भएका बर्बर आक्रमणहरुमा यी सवै मारिएका हुन्।  

विज्ञप्तिमा भनिएको छ, नरसंहारका धेरै अपराधीहरूलाई औपचारिक रूपमा पहिचान गरिएको छ, जो अमाडो कौफाको कातिबा मासिनाका लडाकूहरूको हिस्सा हुन्।

‘सरकार यी हमलाहरूको घोर भत्र्सना गर्दछ र तिनीहरूका दोषी पत्ता लगाउन र तिनीहरूलाई कानुनी दायरामा ल्याउन आवश्यक सबै उपायहरू प्रयोग गर्ने वाचा गर्दछ।’ सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन्।

मालीले सन् २०१२ देखि सुरक्षा, राजनीतिक र आर्थिक संकटको सामना गरिरहेको छ, विद्रोह, जिहादी आक्रमण र अन्तर–समुदायिक हिंसाले पश्चिम अफ्रिकी देशमा हजारौंको हत्या र सयौं हजारौंलाई विस्थापित गरेको छ। 

प्रकाशित: ७ असार २०७९ १२:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App