७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

वर्षाले चीनको जियाङ्सीमा ४ लाख ८५ हजार मानिस प्रभावित

पूर्वी चीनको जियाङ्सी प्रान्तको बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले सोमबार साँझ बाढी नियन्त्रण आपतकालीन प्रतिक्रिया स्तर २ मा स्तरोन्नति गरेको छ।  सो क्षेत्रमा करिब ४ लाख ८५, हजार बासिन्दाहरू अविरल वर्षाबाट प्रभावित भएका छन्।

शनिबार दिउँसो ३ बजेदेखि सोमबारसम्मको भारी वर्षा र बाढीका कारण जियाङ्सीका ५५ काउन्टीमा ४३ हजार ३०० हेक्टर बाली प्रभावित भएको थियो। मुख्यालयका अनुसार बाढीबाट प्रत्यक्ष आर्थिक क्षति ४७० मिलियन युआन (करिब ७०.४ मिलियन अमेरिकी डलर) पुगेको छ।

स्थानीय मौसम विभागले मङ्गलबार जियाङ्सीमा वर्षा अलिकति कमजोर भए पनि यसको दक्षिणी र पूर्वी भागमा भारी वर्षा हुने जनाएको छ। वर्षाको प्रभाव बुधबार उत्तर याङ्जीा नदी तर्फ सर्नेछ।

प्रकाशित: ७ असार २०७९ ०६:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App