१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

बंगलादेश सरकारद्वारा सरकारी अधिकारीका विदेश भ्रमणमा रोक

बंगलादेश सरकारले यहाँका सबै सरकारी अधिकारीहरुका विदेश भ्रमणमा रोक लगाएको छ।

कोभिड पछि यहाँको अर्थतन्त्र निकै कठिन अवस्थामा पुगेको भन्दै यहाँको विकास बजेट या अन्य कुनै बजेटबाट विदेश भ्रमण गर्न रोक लगाइएको छ। यहाँको सरकारले कोभिड पछिको अर्थतन्त्रको सुधारका लागि विभिन्न कार्यक्रमहरु ल्याएको जनाएको छ।

ती कार्यक्रमहरुमा सहयोग गर्न सबै सरकारी अधिकारीहरुलाई यहाँको अर्थ मन्त्रालयले आग्रह पनि गरेको छ। अर्थ मन्त्रालयले बिहीबार एक सूचना प्रकाशन गरेर यहाँका सरकारी भ्रमणहरु सबै प्रकारका हाललाई रोकिएको जनाएको छ।

यहाँको केन्द्रीय बैंकले बंगलादेशमा विलासिताका र अत्यावश्यक बाहेकका वस्तुहरु आयातमा पनि रोक लगाएको छ। यहाँको केन्द्रीय बैंकले आर्थिक सुधार र मितव्ययीता सम्बन्धी कार्यक्रमहरु ल्याएको थियो।

सो कार्यक्रममा सरकारी अधिकारीहरुले गर्ने विदेश भ्रमणका साथै विलासिताका सामानहरुको आयातमा रोक लगाइएको छ। यहाँको सरकारले वैदेशिक मुद्राको सञ्चिती घट्दै गएको भन्दै यहाँ खाद्यान्नसहितको अत्यावश्यक बाहेकका अरु सामानहरुको आयातमा रोक लगाइएको बताइएको छ।

प्रकाशित: ३० वैशाख २०७९ १०:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App