६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

सवारी दुर्घटनामा परी सत्र जनाको मृत्यु

दक्षिण अफ्रिकामा बुधबार भएको एक सवारी दुर्घटनामा परेर कम्तीमा पनि १७ जनाको ज्यान गएको बताइएको छ।

यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार मिनीबस र ट्याक्सी एकआपसमा जुध्दा भएको दुर्घटनामा परेर १७ जनाको ज्यान गएको छ भने अरु केही घाइते भएका छन्।

बुधबार भएको सो दुर्घटनामा परेर अरू १२ जना घाइते भएका छन्। ती घाइतेको अवस्था पनि गम्भीर रहेको उनीहरुको भनाइ रहेको छ। निकै तीब्र गतिमा ती दुवै सवारी दुई बिपरीत बाटोबाट आएका थिए। त्यस क्रममा ठोक्किएका र त्यसपछि सवारीमा आगो लागेको थियो।

आगलागीका कारण ती सवारी साधनमा रहेका यात्रुहरू नराम्ररी जलेका थिए। जलेका कारण शवको पहिचान हुन नसकेको अधिकारीहरूले जनाएका छन्।

प्रकाशित: २९ पुस २०७८ ०८:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App