coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आठ साताभित्र युरोपको आधा जनसंख्यामा कोभिड फैलिनसक्ने डब्लूएचओको चेतावनी

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले आगामी आठ साताभित्र यूरोपको आधाभन्दा बढी जनसंख्या कोभिड सङ्क्रमित हुने चेतावनी दिएको छ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै युरोपका विभिन्न देशमा संक्रमण दर ह्वात्तै बढिरहेका बेला डब्लूएचओको चेतावनी आएको हो।

पश्चिमबाट पूर्व फैलिएको ओमिक्रोनको लहरले सम्पूर्ण युरोप नराम्रोसँग प्रभावित भएको डब्लूएचओका हान्स क्लुगीले बताए। सन् २०२२ को पहिलो साता सम्पूर्ण युरोपमा ७० लाख नयाँ संक्रमित भेटिएका छन्।

भाइरस पश्चिमा देशहरुबाट बाल्कन्सतर्फ फैँलिंदै गर्दा युरोप र मध्यएसियाली देशहरु तीव्र चापमा परेको उनले बताए।

प्रकाशित: २८ पुस २०७८ १४:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App