७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

फ्लाइओभरमा २० मिनेट रोकिए मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रदर्शनकारीका कारण पन्जाबको एक फ्लाइओभरमा २० मिनेट रोकिनुलाई सुरक्षा व्यवस्थामा गम्भीर त्रुटि बताइएको छ। बिबिसीका अनुसार सडक दुर्घटनामा किसानको मृत्युका लागि एक मन्त्रीका छोरा जिम्मेवार भएको भन्दै किसानले बुधबार प्रदर्शन गरेका थिए।

प्रधानमन्त्री मोदी फिरोजपुरमा आयोजित विधानसभाको चुनावी सभालाई सम्बोधन गर्न त्यसतर्फ जाँदै थिए। भारतको केन्द्रीय गृह मन्त्रालयले ‘प्रधानमन्त्रीको सुरक्षामा ठूलो कमजोरी देखिएको’ प्रतिक्रिया दिएको छ। पन्जाबका मुख्यमन्त्री चरणजित सिंहले राज्य सरकारका तर्फबाट सुरक्षामा कुनै कमजोरी नभएको बताएका छन्।

तर सुरक्षा कमजोरीका कारण प्रधानमन्त्री मोदी बीचबाटोबाटै विमानस्थल फर्किएको केन्द्रीय गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयले सुरक्षा त्रुटिका विषयमा पन्जाब सरकारसँग विस्तृत विवरण मागिएको जनाएको छ। ‘सुरक्षा कार्यविधिअनुसार उनीहरूले आवश्यक सुरक्षा प्रबन्धसहित वैकल्पिक योजना तयार गर्नुपथ्र्यो, ’ मन्त्रालयलाई उल्लेख गर्दै बिबिसीले जनाएको छ।

यसैबीच केन्द्रीय गृहमन्त्री अमित शाहले ट्विट गरी घटनालाई लापरबाही भन्दै दोषीलाई उत्तरदायी बनाइने बताएका छन्। प्रदर्शनकारीले पन्जाबका जुनियर गृहमन्त्री अजय मिश्रको राजीनामाको मागसहित प्रदर्शन गर्दै आएका छन्। गत अक्टोबरमा आठजनाको ज्यान जानेगरी भएको सडक दुर्घटनाका लागि मन्त्री मिश्रका छोरा आरोपित छन्।

प्रकाशित: २३ पुस २०७८ ००:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App