२१ मंसिर २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिका र क्यानडामा ७ म्याग्निच्युडको भूकम्प : यस्तो छ कुनै क्षति नहुनुको रहस्य

अलास्का र क्यानडाको युकोन क्षेत्रको सिमाना नजिक शनिबार ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। सुनामीको चेतावनी जारी गरिएको छैन। अहिलेसम्म कुनै मानवीय क्षति वा संरचना भत्किएको खबर आएको छैन।

अमेरिकी भूगर्भ विभागका अनुसार भूकम्प अलास्काको जुनाउबाट करिब ३७० किलोमिटर उत्तरपश्चिम र युकोनको ह्वाइटहर्सबाट २५० किलोमिटर पश्चिममा गएको थियो।

ह्वाइटहर्समा क्यानेडियन प्रहरीका सार्जेन्ट क्यालिस्टा म्याकलियोडले भूकम्प राम्ररी महसुस भएको र आपतकालीन नम्बरमा दुई वटा फोन आएको बताइन्। ‘यो पक्कै पनि महसुस गरिएको थियो,’ उनले भनिन्, ‘सामाजिक सञ्जालमा धेरैले लेखेका छन् कि उनीहरूले भूकम्प महसुस गरे।’

क्यानडाकी भूकम्पविद् एलिसन बर्डले सबैभन्दा बढी कम्पन भएको ठाउँ पहाडी र जंगल क्षेत्र रहेकोले ठुलो क्षति नभएको बताइन्। ‘धेरैले भित्ता र र्‍याकबाट सामान खसेको बताएका छन्,’ उनले भनिन्, ‘संरचनामा क्षति भएको जस्तो देखिँदैन।’

भूकम्पको केन्द्रबाट सबैभन्दा नजिकको बस्ती हेन्स जंक्शन करिब १३० किलोमिटर टाढा छ, जहाँ जम्मा एक हजार १८ जना मात्र बस्छन्। अलास्कातर्फको सबैभन्दा नजिकको बस्ती याकुटाट ९१ किलोमिटर टाढा छ, जहाँ ६६२ जना बस्छन्।

भूकम्प जम्मा १० किलोमिटर गहिराइमा गएको थियो। तर त्यसपछि धेरै साना पराकम्पहरू पनि महसुस भएका छन्। एजेन्सी 

प्रकाशित: २१ मंसिर २०८२ ०७:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App