coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

लिबियाका विदेश मन्त्री निलम्बित

लिबियाका विदेशमन्त्री नाज्ला माङगौशलाई निलम्बन गरिएको छ। उनको भूमिकाप्रति असन्तुष्टि जनाउदै राष्ट्रपतिले उनलाई निलम्बन गरेको सरकारी अधिकारीहरुले जनाएका छन्। अनिश्चितकालका लागि सरकारले उनलाई विदेश भ्रमणमा पनि प्रतिवन्ध लगाएको छ। सरकारको निर्णयप्रति भने उनले असहमति जनाएका छन्। 

'विदेश मन्त्री नाज्ला माङगौशलाई अस्थायी रुपमा निलम्बन गरिएको छ, उहाँमाथी अनुसन्धान भइरहेको छ, अनुसन्धान सकिएपछि मात्रै निलम्बन फुकुवा गर्ने वा नगर्ने बारेमा निर्णय हुन्छ,' सरकारद्वारा जारी वक्तव्यमा उल्लेख छ।

सरकारले बनाएको अनुसन्धान टोलीलाई १४ दिन भित्रका प्रतिवेदन बुझाउन आदेश दिइएको छ। उनले विदेश मन्त्रीको रुपमा एकलौटी गरेको, सरकारसँग समन्वय नगरेको, शक्तिको दुरुपयोग गरेकोलगायतका आरोप लगाइएको छ। उनलाई लिबियाको अन्तरिम सरकारको विदेश मन्त्रीका रुपमा गत फेब्रुअरीमा नियुक्त गरिएको थियो।

प्रकाशित: २१ कार्तिक २०७८ ११:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App